हाम्रो समय

सलमानले नभई आफूले गाडी चलाएको सलमानका चालकको बयान




सलमानलाई राहत
सलमान खानको सन २००२ को गाडी दुर्घटना मुद्दाको सुनुवाइमा सलमानका गाडी चालक अशोक कुमारले अदालतमा  घटना घटेको समयमा सलमानले नभइ आफूले गाडी चलाएको बयान दिएका छन। अधिल्लो सुनवाइमा सलमानले पनि अदालत समक्ष सो समयमा आफूले गाडी नचलाएको बयान दिएका थिए। आगामी अप्रिल एकबाट उक्त प्रकरणमा अन्तिम सुनुवाइ हुनेछ।
सलमानलाई सन’ २००८, सेप्टेम्बर २८ तारिखमा मादक पदार्थ सेवन गरेर गाडी चलाएर दुर्घटना गराएको आरोप लागेको छ। सो समयमा उनी चढेको गाडीले फुटपाथमा सुतेका पाँच जनालाई किचेको थियो जसमध्ये एक व्यक्तिको मूत्यु भएको थियो। दुर्घटना भएको समयमा उनले नै गाडी चलाएको र नशामा रहेको आरोप उनीमाथी लाग्दै आएको छ।
यसका साथै उनीसँग सो समयमा लाइसेन्स पनि थिएन। यस मामिलामा दोषी पाइए उनलाई दश वर्षसम्मको जेल सजाय हुनसक्नेछ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook