विश्वका यी दुर्घटना जुन पाइलटले नै गराए
प्रकाशित मिति: 12:31:15 pm, March 27, 2015
मार्च २४,२०१५ :
हालै मार्च २४ मा जर्मनविंग्सको ४यु ९५२५ विमान दुर्घटना पाइलटकै कारण भएको विमान दुर्घटनाको पछिल्लो उदाहरण हो । को पाइलट एन्ड्रेस गन्टर लुबिजले पाइलटलाई ककपिटमा छिर्नै नदिई यो विमान दुर्घटना गराएको बताइएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी नै छ । यसमा चालक दलका सदस्य र यात्रु गरी १५० जना सवार थिए । दुर्घटनामा उनीहरु सबैले ज्यान गुमाउनुपर्यो ।
२६ सेप्टेम्बर १९७६ :
सन् १९७६ सेप्टेम्बर २६ मा दुनियाँलाई नै चकित बनाउने एउटा हवाइजहाज दुर्घटना भयो, जुन सुन्ने जो सुकैको मुटु काप्छ । रसियन पाइलटले प्रतिशोध साध्न आइतबार बिहानै एक हवाइजहाज चोरेर आफूसँग डिभोर्स गरेकी श्रीमती बसेकै फ्ल्याट्मा निसाना सोझाए । पश्चिम साइवेरिया नागरिक उड्डयन निर्देशनालयले सञ्चालन गरेको एन्टोनोभ २ विमान ती सन्की पाइलटले आइतबार बिहानै आफूसँग डिभोर्स गरेकी पूर्वपत्नीको स्टेफनियामा रहेको फ्ल्याटमा लगेर ठोक्काए,जसका कारण ती पाइलटसहित ११ जना मारिए । तर उनले निसाना सोझाएका उनकी पूर्वपत्नी भने त्यसबाट बच्न सफल भइन् । रसियाको तेस्रो जनघनत्व भएको नोभोसिबिस्क सहरमा घटना भएको थियो ।
२२ अगस्ट १९७९ः
कोलम्बियामा एकजना २३ वर्षे मेकानिकले गराएको विमान दुर्घटना अर्को मुटु काप्ने विमान दुर्घटनाको घटना हो । कोलम्बियाको बोगोटा एयरपोर्टमा फाइरिङ गर्दै छिरेका ती २३ वर्षे युवाले मिलिटरी एच एस ७४८ टान्सपोर्ट प्लेन कब्जा मात्रै गरेनन्,त्यसलाई उडाएर बोगोटा उपनगरको बस्तीमा लगेर दुर्घटना गराए । जुन दुर्घटनामा ती ३० वर्षे युवाको साथै अन्य तीन जना मारिएका थिए । सबेरै ह्यांगरमा प्रवेश गरेका ती युवक उक्त एयरपोर्टमा २ वर्षदेखि कार्यरत थिए ।
९ फेब्रुअरी १९८२ :
जापान यएरलाइन्सको डिसी–८ टोकियोमा दुर्घटना भयो,जुन साइकोसोमाटिक डिसअर्डरबाट ग्रसित पाइलटले गराएका थिए । हनेडा एयरपोर्टमा अवतरणका लागि अघि बढिरहेको उक्त विमान पाइलटले दुर्घटना गराउन खोजेको को पाइलटले थाहा समेत पाएको अनुसन्धानबाट खुलेको थियो । तर कोपाइलटले यसलाई नियन्त्रणमा लिएर दुर्घटनाबाट जोगाउन प्रयास गरे पनि नसकेको अनुसन्धानपछि थाहा भएको थियो ।
२१ अगस्ट १९९४ः
मोरक्कोको रोयल एयरको एटिआर–४२ हवाइजहाज आफ्नो गन्तव्यतर्फ सोझिनुपर्ने थियो । तर,त्यो गन्तव्यतर्फ लागेन,बरु एटलास माउन्टेनमा गएर ठोक्कियो । यसरी आफ्नो गन्तव्यमा नगएर पहाडमा गएर ठोक्किनुको कारण यसका पाइलट नै भएको र यसको दुर्घटना पाइलटले नियतबस गराएको अनुसन्धानबाट पछि खुल्यो । मोरक्कोको एयरपोर्ट अगादिरबाट आन्तरिक उडानका लागि कासाब्लान्का उडेको उक्त बिमान पाइलटले अटोपाइलट अवरुद्द गराउँदै दुर्घटना गराएको पाइएको थियो । दुर्घटना उडेको १० मिनेटमै भएको थियो । तर,मोरोक्कोका पाइलटहरुले पाइलटले नै दुर्घटना गराएको भन्ने दाबी गलत भएको भन्दै यसलाई चुनौती दिएका थिए ।
यी बाहेक नियतबश नै विमान दुर्घटना भएका धेरै उदाहरणहरु छन् । सन् १९९९ मा इजिप्ट एयरका पाइलटले विमान दुर्घटना गराएर आत्महत्या गरेका थिए । सन् १९९७ मा पनि यसैगरी सिल्क एयरको विमान दुर्घटना भएको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook