चिट चोराउने कमालको काइदा !
२०७१ चैत ६ गते २१:२४ मा प्रकाशित
नेपालमा यतिबेला एसएलसी परीक्षा चलिरहेको छ । एलएलसीलाई आइरन गेट समेत भनिन्छ । यस्तो आइरन गेटबाट फेल भइयो भने जिन्दगीको नक्सा फेरिन्छ र अबसरका धेरै ढोका बन्द हुन्छन् ।
सायद त्यसैले होला, जसरी पनि एसएलसी पास गराउन भन्दै आफन्तदेखि शिक्षकहरुले समेत चिट चोराउन लागिपरेका दृष्य देखिन्छन् ।
तर, यो पटकबाट ग्रेडिङ सिस्टम लागू गरेपछि एसएलसीलाई केही सहज रुपमा हेरिएको छ । यससँगै चिट चोराउन परीक्षा केन्द्रहरुमा लाग्ने भिड पनि कम देखिएको छ ।
यति नै बेला भारतको विहारमा एसएससी बोर्ड परीक्षा चलिरहेको छ । त्यहाँको एक विद्यालयमा चिट चोराइरहेको अनौठो तस्वीर सार्वजनिक भएको छ, जुन निकै भाइरल भएको छ ।
महनर गाउँको विद्या निकेतन स्कुलमा चिट गराउन विद्यार्थीका परिवारका सदस्य एवं आफन्त पाँच तलामाथिसम्म डोरीको सहायताले उक्लिएर झ्यालमार्फत् चिट चोराइरहेका तस्वीरमा देखिन्छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook