हाम्रो समय

एकै तिथिर मितिमाहुँदैछ १०१ महायज्ञ

प्रकाशित मिति: 3:52:02 pm, March 28, 2015

काठमाडौँ– नेपालमा नेपाल माताको मन्दिर स्थापना, हिन्दू धर्मको संवद्र्धनका साथै नेपाल तथा विश्व शान्तिका लागि एकै तिथि र मितिमा नेपालका विभिन्न भागमा १०८ वटा महायज्ञ हुने भएका छन् । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्सङ्कल्प र स्वामी कमलनयनाचार्य च्यारिटेबल ट्रष्टको आयोजनामा ती यज्ञ सम्पन्न गरिने भएको हो । आगामी नयाँ वर्ष २०७२ को वैशाख १ देखि ७ गतेसम्म एकै तिथि, मिति र मुहूर्तमा यज्ञको सुरुवात र समापन गरिने सो ट्रष्टले जनाएको छ । उक्त ट्रष्टका अनुसार देशका विभिन्न भागमा गरी १०८ वटा महायज्ञको सुरुवात भइरहेको छ र अहिलेसम्ममा विभिन्न जिल्लाबाट ६० भन्दा बढी स्थानमा यज्ञको आयोजनाको सुनिश्चित भएको छ । बाँकी स्थानका लागि पनि भक्तजनहरुले उक्त महायज्ञका लागि पहल गरिरहनुभएको छ । उक्त ट्रष्टले जुनसुकै स्थानमा पनि भक्तजनले स्वतःस्फु र्त रुपमा यज्ञको आयोजना गर्नसक्ने भन्दै त्यसका लागि गोल्फु टारस्थित ट्रष्टको कार्यालयले समन्वय गरिरहेको जनाएको छ । ती यज्ञका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले नेपालमा अहिलेसम्म नेपाल माताको मन्दिर नरहेकाले मातृभूमिप्रति श्रद्धा एवम् सम्मान जागृत गराउने उद्देश्यले नयाँ वर्षको शुभकामनासहित यी यज्ञको आयोजना गरिएको बताए । उनले नेपालमा मातृभूमिप्रतिको सम्मान र नेपालसहित विश्व शान्तिको कामनास्वरुप यज्ञको आयोजना गरिएको बताए । यज्ञहरुमध्येको सबैभन्दा महत्वपूर्ण र मूल यज्ञ भक्तपुरको छालिङमा रहेको पञ्चमहालक्ष्मीको मन्दिर परिसरमा आयोजना गरिने र यज्ञको पूर्वाङ्गको दिन वैशाख १ गते र वैशाख ७ गते गरिने साङ्गेका अवसरमा सो मन्दिर परिसरमा विशेष अनुष्ठानको कार्यक्रम रहेको सो ट्रष्टले जनाएको छ । त्यसैगरी काठमाडौँको पनि पशुपतिनाथलगायतका विभिन्न क्षेत्रमा यज्ञको तयारी रहेको बताइएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook