भारतमा बन्दक बनाइएका नेपाली तिर्थालुको रिहाइका लागि पहल गरिदिन आग्रह
Posted: Saturday, Mar 28, 2015 15:53 PM ( 51 minutes ago )
काठमाडौं, चैत १४ – पूर्णब्रह्म कबीर उपासक समाज नेपालले तिर्थ यात्राको क्रममा भारतको हरियाण पुगेका २४ नेपाली तिर्थ यात्रीलाई बिना कारण भारतीय प्रहरीले पक्राउ गरेको भन्दै रिहाइको माग गरेको छ ।
समाजले तिर्थ यात्राका क्रममा बिना कारण भारतीय प्रहरीद्वारा पक्राउ परेका नेपाली तिर्थ यात्रीलाई रिहाइ गर्न पहल गर्न आग्रह गर्दै एकीकृ त नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध पत्र समेत बुझाएको छ ।
समाजका अध्यक्ष रामचरित्र महतोद्वारा हस्ताक्षरित अनुरोध पत्रमा नेपालका विभिन्न क्षेत्रबाट हरियाणमा सत्सङमा भाग लिन पुगेका नेपाली भक्तजनलाई विभिन्न आरोप लगाई फसाएकाले रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ ।
आफ्ना समस्या प्रधानमन्त्रीलाई सुनाउन खोज्दा प्रधानमन्त्रीले समय नदिएको तथा परराष्ट्र मन्त्रीले पनि वास्ता नगरेको समाजले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook