एनसेलले घटायो डाटा शुल्क

प्रकाशित मिति: 11:27:35 am, March 13, 2015 काठमाडौं,फागुन २९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रिपेड ग्राहकले कुनै पनि प्याक नलिई डेटा प्रयोग गर्दा लाग्ने पे एज युजे शुल्क५० प्रतिशतले घटाएको छ । एनसेलका प्रिपेड ग्राहकले नयाँ शुल्क अनुसार प्याक विना डेटा चलाउँदा कर बाहेक तीन रुपैयाँ प्रति एमबी तिर्नुपर्ने उल्लेख छ । यसअघि पे एज यु शुल्ककरबाहेक प्रति एमबी ६ रुपैयाँ रहेको थियो ।
फागुन २८ गतेबाट लागू हुने गरी नयाँ शुल्क निर्धारण भएको पनि एनसेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आफ्ना ग्राहकलाई सुलभ दरमा उत्कृ ष्ट डेटाको अनुभव गराउने प्रतिवद्दताअनुसार पे एज यु गो शुल्कघटाएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिल शर्माले बताएका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook