पीडितको फरक बयानले तेजाव छ्याप्ने पक्रिन नसकेको प्रहरीको भनाई
Posted: Friday, Mar 13, 2015 19:11 PM
काठमाडौं, फागुन २९- महानगरीय प्रहरी आयुक्तको कार्यालयले पीडितको फरक फरक बयानका कारण बालिकामाथि भएको तेजाव आक्रमणमा संलग्नलाई पक्राउ गर्न नसकेको बताएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी पीडित सीमा बस्नेत र संगिता मगरको बयान आपसमा बाझिंदा आक्रमणकारी पक्राउ गर्न कठिनाइ परेको बताएको हो ।
महानगरीय प्रहरी आयुक्तकार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराजशर्माले पीडित किशोरी सीमा र संगिता तथा घटना हुँदा ट्युसन सेन्टर वाहिर रहेकी उनीहरुकी साथी हेमुले फरक फरक बयान दिएका कारण आक्रमणकारीको पहिचान गर्न गाह्रो परेको बताउनुभयो ।
एसएलसी परीक्षाको तयारी गरिरहेका सीमा र संगितामाथि फागुन १० गते काठमाडौंको वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्र तेजाव आक्रमण भएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले घटनामा संलग्नको खोजीका क्रममा एसिड बेच्ने होलसेलरदेखि एसिडको प्रयोग गर्ने दुध डेरी र सुन पसलसम्म पुगेर अनुसन्धान गरेको बताउनुभयो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook