प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले माइक्रोबस रोके पछि
…
काठमाडौँ, २९फागुन । आज बिहान ८बजे रत्नपार्क आइरहेको बा२ख नंको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाउनुभयो ।
प्रहरीका उच्चहाकिमले नै गाडी रोकाएपछिगाडी चालक आफ्नो के ही गल्ती भएको हो कि भनी चिन्तित देखिए । महानगरीय ट्रा फिक प्रहरी महाशाखाका प्रमुख चन्दआफ्ना सहयोगीसहित सरासर गाडीभित्र चढ्नुभयो र दोस्रो लहरमा बस्नुभयो । गाडी चालक अक्क न बक्क भए, प्रमुख चन्दले गाडी चलाउन आग्रह गरेपछि गाडी हुइँकियो । गाडीमा प्रमुख चन्दले महिला सिटमा नियमित रुपमा बस्न पाएको वा नपाएको बारे महिलाहरुसँग सोधपुछ गर्नुभयो । त्यस्तै गाडी चालकसँग उनीहरुका अप्ठेराबारे पनि जिज्ञासा राख्नुभयो । आरक्षण सिटमा बस्न आग्रह गर्दा यात्रु झगडा गर्न खोज्ने, ओर्लिएर हिँड्न खोज्ने, खुद्रा पैसा नहुँदा पैसा फिर्ता गर्न समस्या हुनेलगायत समस्या रहेको गुनासो गाडी चालकले चन्दसमक्षराखेका थिए । आफू सवार माइक्रोबस पुरानो बसपार्क आइसके पछिचन्दले गाडी भाडा दिन खोज्दा गाडी चालकले सहचालकलाई भाडा नलिन भने । चन्दले भाडा लिनु र दिनु कर्तव्य भएको बताउँदै उहाँ आफ्ना सहयोगी र आफ्नो गरी रु १८ का दरले रु ३६ भाडा तिरी गाडीबाटओर्लिएर भृकु टीमण्डपबाट रामशाहपथसम्म हिँड्दै आउनुभयो । काठमाडौँउपत्यकास्थित ट्रा फिक प्रहरी एकाइमा कार्यरत सबै तहका ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाटघर वा डेरा फर्किँदा आजदेखि हरेक शुक्रबार अनिवार्य रूपमा सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने निर्णयअनुरुप आज चन्दले सार्वजनिक सवारीसाधन चढी आफ्नो घर हात्तीगौँडाबाट रामशाहपथस्थित कार्यालयमा आउनुभएको हो । ट्राफिक प्रमुख चन्दसार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यसहित अभियान सुरु गरिएको र यसलाई निरन्तरता दिइने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “साझा यातायातमा ६० जना यात्रु अटाउँछन् तर तीनवटा कारमा १५जना मात्रै यात्रु अटाउँछन्, धेरै निजी सवारीसाधनलाई उपत्यकाको सडकले धान्न सक्ने अवस्था छैन, त्यसैले सबैलाई सार्वजनिक सवारीमा आकर्षण बढाउन सक्नुपर्छ ।” ट्राफिक कार्यालयका अधिकृतले सार्वजनिक यातायातका सवारी प्रयोग गर्दा अनुगमन र जाँचको दायरा फराकिलो भई त्यहाँका विकृ ति र समस्याबारे थाहा पाउने अवसर प्राप्त हु नेर त्यसलाई निराकरणका लागि योजना बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। यस कार्यबाट सरकारी इन्धनको बचत हु न गई आर्थिक मितव्ययिता कायम हु ने, ट्रा फिक नियम उलङ्घनमा कमी आउने र सार्वजनिक सवारीसाधनमा यात्रुमैत्री वातावरणको सिर्जनामा टेवा पुग्ने विश्वास कार्यालयले लिएको छ । बढी भाडाको गुनासो भाडा बढी लिने, आरक्षण सिटको पालना नहुने, यात्रु कोचाएर राख्ने, यात्रुसँग दुव्र्यवहार गर्नेलगायत समस्या सार्वजनिक सवारीका साधनमा हुने गरेको गुनासो रहेको छ। एकीकृ त नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही महिनादेखि सार्वजनिक सवारीमा मात्रै यात्रा गर्दै आउनुभएको छ । त्यस्तै अन्य कतिपय उच्चअधिकारीले पनि सार्वजनिक सवारीको प्रयोग गर्दै आएका छन्

0 comments
प्रतिक्रिया दिनुश
Facebook