हाम्रो समय

एमाले रएमाओवादीका नेताहरुबिचको वार्ता सकारात्मक

[image_0

Posted: Friday, Mar 13, 2015 12:44 PM
२९ - ( अपडेट) नेकपा एमाले र एनेकपा माओवादीबिच शुक्रबार भएको वार्तामा सहमति मै छिटो संविधान जारी गर्ने सहमति भएको छ ।

एमालेका अध्यक्ष ओलीको निवास बालकोटमा करिब ३ घण्टा भएको वार्तामा छलफल र वार्ताबाटै सहमति खोज्ने बारेमा कुराकानी भएको एमाओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । यो बैठक सकारात्मक भएको बताउँदै उहाँले सैद्वान्तिक रुपमा छलफल मात्र भएकोले विषयगत रुपमा पुन : छलफल गर्ने बताउनुभयो ।

‘आजको बैठकसकारात्मक भएको छ, आजसैद्धान्तिक रुपमा छलफल भयो तर विषय के न्दीत रुपमा छलफल भने भएन’ महराले भन्नुभयो ‘छिट्टै बैठक बसेर विषय केन्द्रीत ठोस छलफल गर्नेछौ ।’ राज्य पुर्नसंरचनाको बिषयमा ठोस छलफल नभएकाले पुन बैठक बसेर ठोस छलफल गर्ने बताउँदैउहाँले दलहरु मिलेरै जाने कुरामा सहमति भएको बताउनुभयो ।

एमालेका प्रमुख सचेतक अग्नी खरेलले संविधानका विवादित विषय राज्य पुर्नसंरचना र संघीयताको बिषयमा पनि छलफल भएको बताउनुभयो । राज्य पुर्नसंरचनाका बारेमा एमालेको ६ प्रदेश र एमाओवादीको ९ प्रदेशको खाका राखेको बताउँदै उहाँले यसको आधार समेत

प्रस्तुत गरिएको जानकारी दिनुभयो । संविधान निर्माण गर्ने साझा दायित्व दलहरुमा रहेको बताउँदैउहाँले विषय केन्द्रीत रहेर फे रि बैठक बस्ने बताउनुभयो । राज्य पुर्नसंरचनाका बारेमा एक ठाउँमा बसेर राज्य पुर्नसंरचनाका गर्दा जनता मारमा पर्न सक्ने बारेमा छलफल भएको बताउँदै जनताको चित्त बुझ्ने गरी राष्ट्रिय एकता, अखण्डता र साम्प्रदायिक सद्भाव नबिग्रने गरि राज्यको पुर्नसंरचना गर्नुपर्ने बारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

एव उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल र पार्टीका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका तर्फ बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्धय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव कृ ष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझीको सहभागिता रहेको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook