एनसेलले सेयर बाँड्दै

४चैत, काठमाडौ ।निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक
कम्पनी एनसेलले सर्वसाधारणका लागि सेयरजारी गर्ने
भएको छ ।
एनसेलप्रालिको मुख्यकम्पनी टेलियासोनेराबाटआएको
टोलीको प्रारम्भिक अध्ययनपछि साधारण सेयर जारीगरेर
कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने निर्णयभएको छ।
स्रोतका अनुसारचुक्ता पुँजीको कति प्रतिशत सेयर
सर्वसाधारणमा जारी गर्ने रप्रिमियर मूल्य कतितोक्ने भन्ने
विषयमा निर्णय हुनबाँकी छ ।
साधारणसेयर निष्कासनबारेअध्ययन गर्न टेरियोसोनेरा,
स्वीडेनबाटकम्पनीका निर्देशक म्याथिअस होल्के , प्रमुख
कार्यकारीका वरिष्ठ सल्लाहकारसालोमोन बेकले र
ब्यवस्थापन,प्रशासनतथा वित्तीयसमूहका कानूनी
सल्लाहकारओला एस्पेलुन्डको टोली एक महिनाअघि
नेपालआएको थियो ।
पाँचदिने अध्ययनका क्रममा टोलीलेसेयर निष्कासनबारे
नियामक निकाय नेपाल धितोपत्र बोर्ड रनेपाल स्टक
एक्सचेन्जका अधिकारीसँग परामर्श गरेको थियो।
एनसेलका प्रमुख कार्यकारी एरिमटाइलानलारपनिसँगै
थिए । दूरसञ्चारनियामक निकाय नेपालदूरसञ्चार
प्राधिकरणले गठनगरेको कार्यदलको सुझाव अनुसार
एनसेलले साधारण सेयरजारी गर्न लागेको हो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook