दाँतले विमान तान्ने पहलमान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेछेउमा फसेको टर्किस एयरवेजका
कारण सबै अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि रनवेछेउबाट दुर्घटनाग्रस्त विमानलाई पन्छाउन भारतबाट हर्कुलस विमान मगाइयो ।
सोल्ट सिन्कालाई नेपाल झिकाउन सकेको भए हर्कुलस विमानलाई काठमाडौं ओराल्नुपर्ने थिएन कि ? किनकि, हंगेरीका यी पहलमानले दाँतको सहयोगले प्लेन नै तान्न सक्थे ।
सन् २०१३ को जुलाईमा बुडापेस्टस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मीको उपस्थितिमा दाँतले सिंगै कार्गो प्लेन तानेर सबैलाई चकित तुल्याएका थिए । ९० टन वजन भएको एयरबस ए–३२० मा डोरी बाँधेर डोरीलाई दाँतले च्यापेर उनले ५२ सेकेन्डमा ३९.२ मिटर वर तानेर पुर्याएका थिए । यसबाहेक उनले दाँतले गाडी पनि पटक–पटक तानिसकेका छन् ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook