हाम्रो समय

मोटरसाइकलले ठक्करबाट परीक्षार्थी घाइते

प्रकाशित मिति: 12:48:25 pm, March 19, 2015
सल्यान, चैत्र ५ -सल्यानमा मोटर साइकलको ठक्करबाट एक परीक्षार्थी घाइते भएका छन् ।
सल्यान शारदा नगरपालिका – १ शितलपाटीमा रा १ त ४७०२ न को मोटरसाइकले ठक्कर दिदा एसएलसी परीक्षा दिन हिडेकी कविता घर्ती घाइते भएकी छिन् । शारदा नगरपालिका वडा १४ ढारखानीकी परीक्षार्थीलाई आज बिहान परीक्षाकेन्द्रमा जादै गर्दा ठक्कर दिएको हो ।
परीक्षार्थी घर्तीको टाउको, र हातमा चोट लागेको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जानकारी दिएको छ । बाटो क्रश गर्ने समयमा मोटरसाइकलले ठक्कर दिएको प्रहरीको भनाई रहेको छ । घाइते परीक्षार्थीले परीक्षा दिन नसक्ने भएपछि उनको ठाउँमा अर्कोले परीक्षा गरेका छन् । ठक्करदिने मोटरसाइकल र चालकलाई नियन्त्रण लिइएको छ ।
आजबाट सुरु भएको प्रवेशिका ( एसएलसी) परीक्षाको पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा शान्त एव मर्यादित भएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook