हाम्रो समय

विद्यार्थीले प्रधानाध्यापकलाई कुटे

प्रवेशिका परीक्षा दिनबाटवञ्चित भएका आक्रोसित विद्यार्थी र अभिभावकले एकजना प्रधानाध्यापकलाइ कुटपिटगरेका छन् ।

प्रवेशिका परीक्षाबाटवञ्चित स्थानीय श्रीपुर माविका विद्यार्थी रञ्जय चौधरी र उनका अभिभावकले आफ्नै विद्यालयका प्रधानाध्यापकवीरेन्द्र साहलाई आज परीक्षाके न्द्रमै कुटपिट गरेका हुन् ।

विद्यार्थी चौधरी रअभिभावकले प्रधानाध्यापक साहलाई मध्यक्षेत्रीय प्रहरी विद्यालय बसबिटी जिंगडिया केन्द्र अगाडि पहिलोदिनको परीक्षा सुरु हुनुअगावै प्रवेशपत्र नपाएको कारण कुटपिट गरेका हुन् ।

परीक्षामा लाग्ने शुल्कर फोटोसमेत बुझाइ सक्दा पनि प्रधानाध्यापकको लापरवाहीले आफू परीक्षाबाट वञ्चित हुनुपरेको भन्दै कुटपिट गरेको स्थानीय राजकु मारदासले बताए।

प्रधानाध्यापकसाहले जानाजान विद्यार्थीको भविष्यसँग खेलवाड गरेको अभिभावकको दाबी छ ।

इलाका प्रहरी कार्यालय गरुडामा दुवैपक्ष बसेर विद्यार्थीलाइ क्षतिपूर्ति दिलाउनेबारे छलफल भइरहेको बताएका छन् ।प्रधानाध्यापकसाहले घटनामा आफ्नो गल्ती नभइ प्राविधिकत्रुटि भएको बताएका छन्

0 comments

प्रतिक्रिया दिनुश

Facebook