पर्साको सुवर्णपुरमा एकमहिलाको बलात्कार
पर्सा, फागुन २८– पर्साको सुवर्णपुरमा एकमहिलाको बलात्कार भएको घटना सार्वजनिकभएको छ । पर्साको सुवर्णपुरगाविस–१ की ३० वर्षीया महिलाको बुधबार सोही गाविस–६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आफ्नै खेतमा घाँस काट्न गएका बेला न्यौपानेले एक्लै भएको मौका छोपी ती महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुरओलीले जानकारी दिए । बलात्कार गरेको उजुरी महिलाका आफन्तले प्रहरीलाई दिएपछि न्यौपानेलाई नियन्त्रणमा लिएको प्रवक्ता ओलीले बताए ।बलात्कारमा परेकी महिला र अभियुक्त न्यौपाने दुवैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र सोको रिर्पोट आउन बाँकी रहेको प्रवक्ता ओलीले बताए । बलात्कारको अभियोगमा पक्राउ परेका न्यौपानेले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook