हाम्रो समय

छोरीले बन्चरोले हान्दा बुवाको मृत्यु

बाग्लुङ, चैत ९ – बाग्लुङको तित्याङ छोरीले बन्चरोले
हानेर बुवाको हत्या गरेकी छन् भने आमा गम्भीर
घाइते भएकी छन् । तित्याङ–८ की ४० वर्षकी शर्मिला
थापाले बन्चरो प्रहार गर्दा ८० वर्षका बुवा पतिराम
थापाको घटनास्थलमै ज्यान गएको हो ।
आक्रमणबाट थापाकी आमा ७५ वर्षकी जमुना थापा
गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जमुनाको
धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा सामान्य
उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल
शिक्षण अस्पताल लगिएको छ ।
घरायसी विवादमा बञ्चरो प्रहार गरेको हुन सक्ने
प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान
भैरहेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले
जानकारी दिनुभयो । बन्चरो प्रहार गर्ने शर्मिलालाई
प्रहरीले पक्राउ गरेको छ ।
अविवाहित शर्मिलाले विगत लामो समयदेखि मानसिक
रोगको औषधि खाँदै आएको भएपनि अहिले सामान्य
रहेको परिवारका सदस्यले बताएका छन्

0 comments

प्रतिक्रिया दिनुश

Facebook