हाम्रो समय

देश नेताले मात्रै हैन,जनता ले पनी बागरी रहेका छन


मिलन पाण्डे – आज बिहान करिब ११ बजे म र साथी
चिया खान नजिकैको होटेलमा छिर्यौँ। साथीसँग कुरा
गर्दा गर्दै सँगैको टेबलमा बसी चुरोट तान्दै गरेका दुई
व्यक्तिका कुराले हामीलाई तान्यो । धुँवा उडाउँदै गरेका
ती दुई भद्रभलाद्मीहरुले पत्रिका पढ्दै ‘यो देश नेताले
बिगारे, सब नेताहरु चोर !’ भन्दै गाली गर्दै चुरोटको
धुँवा हतार हतारमा उडाए ।
हामी
पनि
एक
अर्कालाई
पुलुक्क
हेर्यौँ!
मानौँ
हामी
भित्रको
आक्रोस
अनि
पीडालाई
उनीहरुले
प्रतिनिधित्व
गरे
झैँ
लाग्यो।
हामी
अझ
चाख
दिएर
कुरा सुन्न थाल्यौँ । एक भद्रभलाद्मीले नेताहरुलाई
देशबाट लखेट्नुपर्छ भन्दै आफ्नो बिहानको खाना
पचाउन भ्याए।
करिब आधा घण्टा जति आफ्नो आक्रोस पोखेपछि
उनले जाम् हिंड्नुस् सर अफिसमा मान्छेहरु आएर
कराउँदै होलान्, यी नेताका कुरा गरेर साध्य लाग्दैन
अब यस पाली चाहिँ डिभी पारेर अमेरिका जानुपर्छ है
भनेर उठे ।
उनीहरु गएपछि मैले साहुजीलाई सोधे ‘उनीहरु को हुन्
साहुजी ?’ साहुजीले भने ‘नजिकैको सरकारी
कार्यालयको हाकिम हुन् ।’ मलाई बडो नराम्रो
लाग्यो। एउटा सरकारी कार्यालयका अधिकृतहरु
आफ्नो कार्यालयको समयमा आफ्नो काम छाडेर अरुले
काम गरेन भनेर भन्न कतिको जायज हुन्छ र रु अब
मेरो ध्यान नेतातिर भन्दा पनि आम मानिसकै
क्रियाकलाप तिर खिचियो।
मेरो लेखको आशय हाम्रा नेताहरु पानी माथिका ओभानो
हुन् भन्ने पक्कै हैन। तर आज म नेतालाई गाली गर्न
होईन बरु हामी नागरिकलाई नै झक्(झकाउन खोज्ने
छु। यो देश नबन्नुको मुल कारण हामी नागरिकले
जिम्मेवारी बहन नगरेरै हो । जबसम्म नागरिक
जिम्मेवार बन्दैनन् नेतृत्वलाई कसरी जवाफदेही
बनाउन सकिन्छ र रु आफू काम नगर्ने अनि अरुलाई
काम गरेन भनेर आरोप लगाएर मात्र हुन्छ र ?
विद्यार्थी कलेज गएर टायर बाल्छन्, मास्टर कक्षामै
नछिरी हाजिरी गर्छन् । कर्मचारी अफिसमा काम
नगरी घाम तापेर बस्छन् अनि कहाँबाट देश बन्छ त ?
बिरामीलाई सधै घण्टौ कुराउने डाक्टर समयमै
संविधान आएन भनेर कराउनु कतिको उचित होला ?
आफुलाई नेपाली समाजका अगुवा ठान्ने पत्रकार,
कलाकार, प्रसाशक, व्यापारी, कर्मचारी, खेलाडी सबै
नेतृत्व भएन भन्न पछि हट्दैनन्, नेतृत्वलाई घण्टौ
लगाएर गाली गरेर पनि थाक्दैनन् तर त्यसको बिकल्प
बन्न भने आँफै तयार हुँदैनन् ।
सक्षम नेपालीहरु राजनीतिबाट परपर रहेकै कारणले
आज हाम्रा नेताहरुले जे गर्न पनि छुट पाइरहेका छन्।
यदि सक्षम नेपालीहरु अहिलेका असक्षम नेतृत्वलाई
चुनौती दिई राजनीतिमा आउने हो भने हाम्रा नेताहरु
सुध्रिन बाध्य हुने थिए। त्यसैले देश पछि पर्नुमा दोष
नेताको मात्रै हैन, हामी नागरिकको पनि हो ।
पेट्रोल पम्पमा लाइन हुँदाहुँदै, बाइक आगडी हुत्याएर
लाइन काट्नु हुन्न भन्ने कुरा कसलाई थाहा हुन्न र ?
मन्दिर, बैक, कार्यालयमा लाइन बसेको देख्दादेख्दै
लाइन मिची अघि बढ्नु हुन्न, डिभाइडर नाघेर सवारी
साधन कुदाउनु हुन्न भनेर कसलाई पो थाहा नहोला र ?
सही कुराको समर्थन अनि गलत कुराको विरोध
गर्नुपर्छ भनेर को पो अन्जान होला र ? तै पनि हामी
प्रत्येक पटक नेतालाई मात्रै गाली गरेर आफु पन्छिन
खोज्छौँ । तर तितो अथार्थ यदि नागरिक मात्रै
जिम्मेवार भएको भए हाम्रा नेता यस्ता हुने थिएनन् ,
यसरी प्रत्येक पटक यस्तो गैरजिम्मेवारी प्रस्तुत
गर्दैन थिए होलान् । देशको हालत पनि यस्तो हुँदैन
थियो।
हो यो समाज हामी आफैले नै बिगारेका हौँ । १०९
रुपैयाँको १ लिटर पेट्रोल हाल्दा ! रुपयाँ नमागेर दिनमा
लाखौँको भ्रष्टाचार गराउने तपाईं हामी नै हैन र ?
यातयात, मालपोत जस्ता सरकारी कार्यलयमामा
१०/२० मिनेट लाईन बस्न अल्छी गरेर, आफ्नो काम
छिटो गराउने होड्बाजीमा भ्रष्टाचार मौलाउने को हामी
आफै हैन र ? यी नेताले जे गरे नि हुन्छ भनेर सहेर
बस्ने अनि निर्वाचनमा फेरि त्यहिँ नेतालाई अनि
त्यहिँ पार्टीलाई समर्थन जनाउने हाम्रै प्रवृति कै
कारणले आज देशको यो दुर्दशा भएको हैन र रु नेताले
बोक्न लगाए भनेर देशको झण्डाको वास्ता नगरी
पार्टीको झण्डा शानले फर्फराउने तपाई र मै हैन र ?
आफू सक्षम हुँदा हुँदै आफू राजनीतिलाई फोहोरी खेल
भन्दै बसेर यी नेताहरुलाई शासन गर्न दिएर देशको यो
हालत गराउने को त्यही भोट हाल्ने म अनि स्वस्तिक
छाप ठोक्ने तपाइ हैन र ?
अन्त्यमा, अब नेता अनि नागरिक दुवै सच्चिन जरुरी
छ। अब नागरिक आफै जिम्मेवार भएर नेतृत्वलाई
जवाफदेही बनाउन जरुरी छ। यदि नागरिक मात्रै पनि
सचेत हुने हो भने पनि केही महिना मै देशमा संबिधान
बन्छ। यदि नागरिकले मात्रै पनि आफ्नो नेतृत्वलाई
खबरदारी गर्ने हो भने पनि देशमा विकासका बाटाहरु
खुल्छन्। यदि नागरिकले मात्रै पनि आफ्नो आखाँ,
कान अनि मुखमा बाधेको पट्टि हटाउने हो भने पनि
राष्ट्र समृद्ध हुनेछ। अब नागरिक अनि नेतृत्व दुवै
मिलेर देशमा शान्ति कायम नै राखेर संविधान जारी
गर्दै देशलाई विकासको बाटोमा लम्काउन तपाई आफै
अनि मै आफै तात्नुको बिकल्प छैन। अब हामीले छिट्टै
नेपाललाई विकासित मुलुक बनाउन जरुरी छ।
जिम्मेवार नागरिक नहुदाँसम्म राष्ट्र सफल हुन
सक्दैन। राष्ट्रले प्रगति नगर्दा त्यसको चोट
सबैभन्दा बढी नागरिक आफैले खेप्नु पर्ने हुन्छ।
नेपालमा पनि कति मेस्सी, कति तेन्दुलकर, कति
चार्ली च्यापलिन अनि कति सेक्सपियरहरु अवसरको
अभावमा होटेलमा गिलास माझ्न, गोठालो जीवन
बिताउन, सडकमा अलपत्र रात काट्न बाध्य छन्।
राष्ट्र निर्माण जुट्नुपर्ने युवा जमात खाडीमा
मलेशियामा सस्तोमा आफ्नो रगत/पसिना बेच्न बाध्य
छन् । मौका पाएकाले पनि पाउनु पर्ने सम्मान अनि
विश्वसामु त्यो परिचय पाउन सकेका छैनन्।
कारण राष्ट्र विकसित नहुनु हो। कारण,राष्ट्रले
प्रतिभाको पहिचान अनि प्रवर्धन गर्न नसक्नु हो।
कारण, देशमा स्थायित्व अनि शान्ति नहुनु।
कारण,राजनीति । कारण, नेता । अनि कारण, अनि
कारण तपाई म आफैं। नत्र के हाम्रा विमल घर्ति
मगरसँग त्यो प्रतिभा छैन र रु हाम्रा पारस खड्का
अनि शरद भेस्वाकर अवसर पाएको खण्डमा कुनै विदेशी
खेलाडी भन्दा कम छन् र ? हाम्रा हरिवंश दाइ नेपालमै
मात्र खुम्चन पर्ने कलाकार हुन् र रु अनि
लक्ष्मीप्रसाद देवकोटा सेक्सपियर भन्दा कम थिए
र ?
त्यसैले अब हाम्रो ध्यान समयमै संविधान बनाएर
राष्ट्र निर्माणमा लगाउनु पर्छ नत्र फेरी पनि यो
मुलुकले सडकका मेस्सी, रोनाल्डो अनि सचिन
गुमाउनेछ। राष्ट्र पछि पर्ने छ। नागरिक आफै पछि
पर्ने छन्। तपाई पछि पर्नु हुनेछ अनि म आफै पछि
पर्ने छु। त्यसलाई अब म अरुको लागि नसके पनि
आफ्नै लागि भए पनि जिम्मेवार बन्न जरुरी छ। अनि
नेतृत्वलाई जवाफदेही बनाउन जरुरी छ। अब परिवर्तन
तिमी वा उ बाट हैन, म बाट सुरु नगरेसम्म हामीले
कल्पेजस्तो नेपाल बन्न सक्दैन।
(लेखक विवेकशील नेपाली दलका सक्रिय संस्थापक
सदस्य,पेसाले शिक्षक रव्यवसायी र इन्जिनियरिङ
अध्ययन संस्थानमा सिविल इन्जीनियरका विध्यार्थी
समेत हुन्।)

0 comments

प्रतिक्रिया दिनुश

Facebook