हाम्रो समय

नदीमा डुबेर दुई बालिकाको मृत्यु


प्रकाशित मिति: 2:29:55 pm, March 23, 2015
भीमदत्तनगर, चैत ९– बनहरा नदीमा डुबेर
कञ्चनपुरको देखतभुली गाविसका दुई बालिकाको मृत्यु
भएको छ । देखतभुली गाविस–९स्थित वनहरा नदीमा
नुहाउने क्रममा देखतभुली–८ का १४ वर्षीया सुमित्रा
धामी र वडा नं ९ का १२ वर्षीया शारदा खत्रीको
आइतबार बेलुकी नदीमा डुबेर मृत्यु भएको इलाका
प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब
निरीक्षक वासुदेव अवस्थीले भन्नुभयो– ‘नदीमा रहेको
खाल्डोमा जमेको पानीमा डुबेका रहेछन् ।’ प्रहरी नायब
निरीक्षक अवस्थीले शव आफन्तको जिम्मा
लगाइसकेको जानकारी दिए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook