हाम्रो समय

सुर्खेतमा पुरुष गर्भवती भएपछि.....


 

सुर्खेत : अन्नपूर्ण पोस्टमा ललितबहादुर बुढा लेख्छन पुरुष गर्भवती भएको सुन्दा अनौठो तथा अपत्यारीलो लाग्न सक्छ। सुर्खेतको लाटीकोइलीका पुरुषहरु भने गर्भवती भएका छन्। एउटा महिलाले गर्भवती भएदेखि सुत्केरी भइसकेपछि जुन अवस्था भोग्नु पर्दछ, ती पुरु षहरूले पनि त्यही अवस्था भोगेका छन्। अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।



नौं महिनासम्म कोखमा राखेर बच्चा जन्माउनु सामान्य कार्य भने होइन। महिलाहरूले यही कष्टपूर्ण कार्य गर्दै आइरहेका छन्। पुरुषहरुलाई यसको अनुभव नै हुँदैन। तर, सुर्खेत लाटीकोइलीका २८ जना पुरुषहरूले भने एक घण्टासम्म गर्भवती भएर यसको अनुभव गरेका छन्।

दलित महिला चेतना केन्द्रले शनिवार लाटीकोइलीमा आयोजना गरेको पुरुष केन्द्रीत स्वास्थ्य मेलामा यहाँका २८ जना पुरुषको पेटमा सामान बाँधिएको थियो। जसले गर्भवती अवस्थामा रहेका महिलाहरूको पेटको संकेत गर्दथ्यो। अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।


ती पुरुषलाई मेलामा निर्माण गरिएको विभिन्न १० वटा स्टलमा घुमाइयो। जहाँ भारी बोक्नेदेखि प्राय: महिलाहरुले गर्ने घरायसी काम र भर्खर जन्मिएका बालबच्चाको स्याहार गर्ने सम्बन्धि अभ्यास गराइयो।

त्यसैगरी गर्भवती अवस्थामा महिला तथा उनका पती र सम्पूर्ण घरपरिवारले गर्नुपर्ने सहयोग र अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी समेत दिइएको थियो।

गर्भवती महिलाको ठूलो भएको पेटजस्तै गरी आफ्नो पेटमा सामानको डल्लो बाँधेका पुरुषहरुले जाँतो पिस्ने, दाउरा तथा घाँसको भारी बोक्नेसम्मको अभ्यास गरे। त्यत्तिमात्र होइन उनीहरूले भर्खरै जन्मिएको बच्चालाई तेल घसेर न्यानो कपडा लगाइदिएर समेत अभ्यास गरे।

गर्भावस्थामा खुवाउनुपर्ने पोषणयुक्त खानाका बारेमा समेत उनीहरूलाई जानकारी गराइएको थियो। यस्तै प्रजनन स्वास्थ्यसँग सम्बन्धित अन्य जानकारीका साथै परिवार नियोजनका बारेमा पनि उनीहरूलाई जानकारी गराइएको थियो।अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।


गर्भवती अवस्थाको अभ्यास गरिसकेपछि पुरुषहरुले भने, 'सन्तान जन्माउनु साच्चै कष्टपूर्ण रहेछ, गर्भवती भएकी महिलालाई घरपरिवारले माया र सहयोग गर्नुपर्ने रहेछ ।' आफूहरूलाईलाई पेटमा बच्चा बोके जस्तै गरेर बाँधीएको सामानसँग एक घण्टा बिताउन पनि निकै गाह्रो भएको भन्दै उनीहरुले नौं नौं महिना पेटमा बच्चा हुर्काउनु सामान्य काम नभएको बताए।

त्यतिमात्र होइन, उनीहरूले आफ्ना गर्भवती अवस्थामा रहेका पत्नीहरूको रेखदेख राम्रोसँग गर्ने प्रतिवद्धता समेत जनाए। वीरेन्द्रनगर - १४ का टेकबहादुर थापाले मेलामा आएर गर्भवती महिलालाई गर्नुपर्ने सहयोग, माया तथा खुवाउनुपर्ने पोषणयुक्त खाने कुराहरुको बारेमा जानकारी पाएको बताए।

उनले पेटमा बच्चा बोकेर घरायसी काम गर्न महिलाहरुलाई निकै कष्ट हुने भन्दै गर्भावस्थामा रहेका महिलाहरुलाई काम नभई आराम दिनुपर्ने बताए। अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।


मेलामा गर्भवती महिला र उनीहरूका पतिहरूको सहभागिता थियो। मेलामा पुरुषहरूलाई नै गर्भवतीमा जस्तै भूमिकामा अभ्यास गराइएपछि महिलाहरूले पनि अब केही सुधार आउने अपेक्षा गरेका छन्।

मेलामा सहभागि भएपछि पुरुषहरूमा केही हदसम्म भएपनि चेतना पैदा भएको भन्दै महिलाहरूले गर्भवती अवस्थामा हरेक पुरुषले आफ्नो पत्नीलाई राम्रोसँग स्याहार गर्न आवश्यक रहेकोमा जोड दिए।अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।


आयोजक दलित महिला चेतना केन्द्र नेपालका अध्यक्ष शुसिला विश्वकर्माले पुरुषलाई पनि गर्भवती अवस्थामा महिलाले भोग्नुपर्ने समस्याका बारेमा सचेत बनाउन मेला आयोजना गरिएको बताइन्।

कतिपय पुरुषले पत्नी गर्भवती भएको अवस्थालाई सामान्य रुपमा लिदैं स्वास्थ्यलाई नै असरपर्ने काममा लगाएकाले त्यसो हुन नदिन मेला आयोजना गरिएको उनको भनाइ छ।अन्नपूर्ण पोस्ट डटकममा खबर छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook