भारतलाई हराएपछि अष्ट्रेलियाका पत्रिकाले के लेखे?
27 Mar 2015 | 12:17pm
शुक्रबार १३ चैत्र, २०७१
भारतलाई हराएपछि अष्ट्रेलियाका पत्रिकाले के लेखे?
सिड्नी– विश्वकप क्रिकेटको सेमिफाइनलमा बिहीबार सिड्नीमा अष्ट्रेलियाले भारतलाई ९५ रनले हराएको विषयलाई अष्ट्रेलियाका सबै अखबारहरुले मुख्य समाचार बनाएका छैनन्। यसअघिका खेलहरुमा अष्ट्रेलियाले जित्दा कुनै पत्रिकाले प्रथम पृष्ठमा स्थान दिएका थिएनन्।
बिहीबारको जितपछि धेरैले पहिलो पृष्ठको समाचार बनाए तर सबैले बनाएनन्।
भारतलाई पाखा लगाएको अष्ट्रेलिया विश्वकपको फाइनलमा न्युजिल्यान्डसँग भिड्नेछ।
धेरै अखबारहरुले भारत बाहिरिएपछि अब अष्ट्रेलिया–न्युजिल्यान्डबीच हुने फाइनल खेल एक पारिवारिक खेल जस्तो हुने बताएका छन्। द टेलिग्राफले लेखेको छ, 'सिड्नी मैदानमा अष्ट्रेलियाले भारतलाई ९५ रनले हराउँदै एउटा विदेशी आक्रमणकारीलाई पाखा लगाइदिएको छ', पत्रिकाले लेखेको छ, 'उपाधिको लडाइँमा अब न्युजल्यान्ड बाँकी छ।'
telegraph1
दि अष्ट्रेलियनले स्टिवन स्मिथको १०५ रनको पारीलाई 'बेजोड' भनेको छ। 'अब हुने विश्वकप फाइनल दुई छिमेकी देशबीचको पारिवारिक प्रतिस्पर्धा हुनेछ', पत्रिकाले भनेको छ।
द डेली टेलिग्राफले आफ्नो अर्को खबरमा महेन्द्र सिंह धोनी र भारत उपाधि रक्षा गर्न असफल भएको उल्लेख गरेको छ। 'जबसम्म धोनी मैदानमा थिए विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतको सम्भावना जीवित थियो। तर उनी आउट भएसँगै त्यो सम्भावना सकियो', पत्रिकाले लेखेको छ।
अष्ट्रेलियाका पत्रिकाहरुले यो गर्मीयाममा अरष्ट्रेलियाले भारतविरुद्ध आफ्नो वर्चश्व कायम गरेको उल्लेख गरेका छन्।
विश्वकप अगाडि भएको टेस्ट तथा एक दविसीय त्रिकोणात्मक श्रृङ्खलामा पनि अष्ट्रेलियाले भारतलाई नराम्रोसँग हराएको थियो। सेमिफाइनलमा पनि हराएर उसले आफ्नो वर्चश्व कायम राखेको पत्रिकाहरुले लेखेका छन्।
0 comments
प्रतिक्रिया दिनुश
Facebook