लडेका ब्रिटिस पर्यटकको हेलिकोप्टरबाट उद्धार
२०७१ चैत्र १४ शनिबार
गोरखा : माछाखोला नजिकै पदमार्गबाट लडेर घाइते ब्रिटिस पर्यटकको शनिबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
![]() |
Helicopter Saving |
बोन गुम्दाको माछाखोलामा शुक्रबार अपरान्ह पौने पाँच बजे पदमार्गबाट १३० मिटर तल खसेर गम्भीर घाइते भएका थिए ।
‘पदमार्गबाट १३० मिटर तल खसेका पर्यटकलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी माछाखोलाकै स्वास्थ्य संस्थामा उपचार गराएका थिए’ ठकुरीले भने, ‘घाइते पर्यटकलाई बिहानै हेलिकोप्टरले उद्धार गरी काठमाण्डौं पठाइएको छ ।’
पदमार्गबाट चिप्लेर लडेका पर्यटक गम्भीर घाइते अवस्थामा फेला परेका थिए । बोनसँगै ११ जनाको टोली मनास्लु पदमार्ग हुँदै लार्केपासका लागि गएको थियो ।
सदरमुकामदेखि माछाखोला २२ कोशको दुरीमा पर्छ । पदमार्ग असजिलो र भिरालो हुँदा बर्षेनी लडेर आन्तरिक तथा विदेशी पर्यटकको मृत्यु हुने गरेको छ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook