आज रामनवमी, देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०७१ चैत्र १४ शनिबार
काठमाडौं: चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने 'रामनवमी' पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी देशभर मनाउँदैछन्। असत्य माथि सत्यको विजयी भएको खुशीयालीमा राम मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।
![]() |
Ram Sita |
त्रेतायुगमा जन्मिएका श्रीरामको सम्झनामा बिहानैदेखि पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरी रामगीता पाठ गरी शुक्रबार रातभर भजनकीर्तन गर्ने चलन छ। रामनवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मन्दिरमा विशेष मेला लागेको छ।
विहानैदेखि देशभरका राम मन्दिरमा दर्शनार्थीको घुँइचो छ। आज विहानैदेखि काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ।
आजकै दिन उनैको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म-वाल्मीकि-तुलसीकृत-भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने व्रतार्कु नामक धर्मग्रन्थमा उल्लेख छ।
अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सप्तम अवतारका रूपमा जन्मीएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी देशभर मनाउँदैछन्।विहानैदेखि देशभरका राम मन्दिरमा दर्शनार्थीको घुँइचो छ। असत्य माथि सत्यको विजयी भएको खुशीयालीमा राम मन्दिरमा विशेष पूजा आराधना गरिन्छ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook