हाम्रो समय

दातृनिकाय द्धारा क्षयरोगमा गर्दै आएको सहयोगमा कटौति


प्रकाशित मिति : आइतबार, चैत ८, २०७१ काठमाडौँ। १० बर्षमा पनि राष्ट्रिय क्षयरोग केन्द्रले प्रगती गर्न नसके पछि क्षयरोगका क्षेत्रमा सहयोग गर्दै आएका दातृनीकायहरुले रकम सहयोग गर्न छाडेका छन् ।

नेपालमा विदेशी दातृनीकायहरुले क्षयरोगका क्षेत्रमा ठुलो रकम खर्चगरेपनि राज्यले अपेक्षीत सफलता हात पार्न छाडेपछि दिदै आएको रकममा कटौति गर्न थालेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर बिकाश लामिछानेले बताउनु भयो ।

विश्व क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले १० बर्षमा पनि जनचेतना अभावकै कारण क्षयरोगीहरुको संख्यामा कुनै प्रकारको कमि आउन सकेको स्पष्ट पार्नु भयो ।

परिवार र सामाजका कारणले पनि रोगीहरु खुलेर आउन नसकेका कारण रोगीको यकिन तथ्याङ्क बाहिर ल्याउन समस्या भएको निर्देशक लामिछानेको भनाई छ ।

सबै छुटेका रोगीहरुलाई उपचारमा ल्याई निको पारौं भन्ने मुल नाराका साथ क्षयरोग दिवस मनाईदैछ । हरेक बर्षको मार्च २४ अथार्त चैत्र १० गतेका दिन मनाईने क्षयरोग दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईने भएको छ । अझै पत्ता लाग्न नसकेका १० हजार रोगीहरुलाई खोजिको सुचिमा केन्द्रले राखेको छ ।

निर्देशक लामिछानेले सरकारले अरु स्वास्थ्यमा सरह क्षयरोगका क्षेत्रमा पनि सहयोग र प्रार्थमिकतामा राखे आगामि दिनमा आसालाग्दो काम गर्न सकिने उल्लेख गर्नु भयो ।


0 comments

प्रतिक्रिया दिनुश

Facebook