हाम्रो समय

स्पेनका नेपालीले आफ्नै गाउँ सम्झिए


२०७१ चैत १७ गते १३:३७ मा प्रकाशित 
स्पेन । स्पेनमा रहेका नेपाली युवाहरुले आफ्नै गाउँको सम्झनामा एलबम निकालेका छन् । स्पेनमा रहेका केही युवाहरुले ‘इनास म्युजिकल ब्याण्ड’ स्पेनमार्फत तयार पारेको ‘कस्तो भयो होला मेरो गाउँ ठाउँ’ बोलको गीत सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।
स्पेनमा रहेर पनि नेपाली संगीत क्षेत्रमै रमाएका युवाहरुको सांगितिक समूह ‘इनास म्युजिकल ब्याण्ड’ ले आफ्नै गाउँलाई सम्झिएर भिडियो एल्बम तयार पारेका हुन् ।
सुमन बैरागीले प्रवासमा रहेर आफ्नो गाउँ घर तथा मातृभूमिको सम्झना गर्दै लेखेको गीतमा निरज श्रेष्ठले संगीत भरेका छन् । तुलसी सिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जीवन बिताउन पुगेका नेपालीहरुको भिडियो फुटेजलाई सम्पादन गर्दै तयार पारिएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook