हाम्रो समय

गहुँको रोटीले लियो आठ जनाकोज्यान

09 March 2015 19:17

धादिङको पीडा गाविस–८ पुकु नमा गहँुको रोटी खाँदा

आजआठजनाको मृत्यु भएको छ भनेगाउँका अन्य २०

जना बिरामी भएका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मृत्यु हुनेमा ६२

वर्षीय सञ्जाबहादुर स्याङ्तान, उनका बुहारी २८ वर्षीया

फुलमाया स्याङ्तान, नातिनी सात वर्षीया सविता

स्याङ्तान, नातिहरु पाँच वर्षीय रमेश स्याङ्तान, दुई वर्षीय

अनिलस्याङ्तान, पाँच वर्षीय अर्जुन स्याङ्तान रहेका छन्



बिरामीमध्ये एक जनाको उपचारका लागिबाटोमा नै रतीन

जनाको मेघा अस्पताल काठमाडौँमा मृत्यु भएको हो । दुई

जनाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ



आजबिहान विषादी मिसाएको गहुँलाई पानीलेपखालेर

घट्टमा पिस्न लगेका थिए ।पिसिएको पिठोबाट रोटी बनाएर

खाने क्रममा उनीहरुको मृत्यु भएको घाइतेलेबताएका छन्



गहुँको रोटी खाँदा पीडा गाविस–७ चिउरीखर्क का घट्ट धनी

परिवार पनि बिरामी परेका छन् ।गहुँ पिसाएबापत

ज्यालाको रुपमा लिएको पिठोको रोटी खाँदा घट्ट धनी

तिलकबहादुर दोङको चारजनाको परिवार र

तिलकबहादुरका दाजुरिबहादुर दोङ पनिबिरामी परेका

छन् ।

त्यस्तै गहुँको रोटी खाँदा नजिकै को एक छिमेकीको छ

जनाको परिवारपनि बिरामी परेका छन् ।बिरामीको गजुरी

अस्पतालमा उपचारभइरहेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook