हाम्रो समय

गुन्डागिरी नियन्त्रण गर्दै कास्की प्रहरी



पोखरा-हतियारको अवैध प्रयोग गरी गुन्डागर्दीगरेको

आरोपमा लेखनाथ—१सैनिक बस्तीका धनबहादुर

छन्त्याललाई कास्की प्रहरीले पक्रे को छ। व्यवसायीहरुलाई

धम्क्याएर पैसा असुल्दैहिँड्ने गरेको आरोपमा पक्राउ परेका

छन्त्यालका घरबाट पेस्तोल पनि बरामद भएको कास्की

प्रहरी प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए।

'आफू लाई लक्षमण भनेर चिनाउने अनि हतियार लिएर

हिँड्ने गरेको थाहा भएपछि उनलाई पक्राउ गयौं,' एसपी

पालले भने, 'उनलाई काठमाडौंमा समात्यौं। घरमा हतियार

पनि भेटियो।' छन्त्यालको घरको भर्या'ङमुनि सामान राख्ने

ठाउँमा १नाल कटुवा पेस्तोल नाल र त्यसमा लाग्ने गोली २

राउन्ड भेटिएको जानकारी पनि पालले दिए।

कास्की प्रहरीले मंगलबार नै जिल्ला प्रशासन कार्यालय

कास्कीबाट हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप

गरी छन्त्यालमाथि अनुसन्धान थालेको छ। 'उनले विभिन्न

व्यवसाय गर्ने व्यक्ति एवं, घरजग्गा व्यवसायीलाई धम्काउने,

फिरौती माग्ने, हप्ता उठाउने र नदिएमा कुटपिट गर्ने गरेको

प्रारम्भिक अनुसन्धानले देखायो,' कास्की प्रहरीद्वारा जारी

विज्ञप्तिमा उल्लेख छ।

लेखनाथ नगरपालिकाकै वडा नम्बर ३बस्ने २९ वर्षीय

नरेन्द्रथापालाई पनि कास्की प्रहरीले गुन्डागर्दीकै आरोपमा

पक्रे को छ। 'स्थानीय मानिसलाई आतंकित पार्नेजस्ता कार्य

गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा

पक्राउ गरिएको हो,' प्रहरीले भनेको छ। प्रहरीले थापाविरुद्ध

पनि कास्की प्रशासनबाट हातहतियार तथा खरखजाना

मुद्दामा म्याथ थपी अनुसन्धान सुरु गरेको छ। यसअघि पनि

कास्की प्रहरीले के ही व्यक्तिहरुलाई गुन्डागर्दीको आरोपमा

पक्रे र कारबाही अघि बढाइसके को छ। एसपी हरि पालले

जिल्ला सुरक्षाको जिम्मेवारी पाएयता गुन्डागर्दी नियन्त्रणलाई

प्राथमिकता दिएका छन्

0 comments

प्रतिक्रिया दिनुश

Facebook