गिरिजाप्रसादको सम्झनामा प्रेस युनियनद्धारा बृद्धबृद्धालाई फलफुल बितरण
प्रकाशित मिति : आइतबार, चैत ८, २०७१
लमजुङ। नेपाल प्रेस युनियन लमजुङले नेपाली काँग्रेसका पूर्ब सभापति एबं नेपाली राजनितिक शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको पाँचौ स्मृति दिबसको अबसरमा तार्कुघाटको लायन्स सर्बोदय ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेको छ।
युनियनले आईतबार एक कार्यक्रमको आयोजना गरी फलफुल वितरण गरेको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि डा. टकराज गुरुङले नेपाली राजनितिका महानायक गिरीजाप्रसाद कोइरालाको भूमिका नेपाली राजनतिमा टड्कारो आबश्यकता बनेको बताउनु भयो। उहाँले भन्नुभयो,‘ गिरिजाबाबु भएको भए, आज मुलकमा संबिधान बनिसक्थ्यो, मुलुकमा संक्रमणकाल छोट्टिनेथियो । ’
अर्को एक प्रसंगमा गुरुङले ज्येष्ठ नागरिकको सम्मान नभईकन सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो । अरुको समाचार बनाउने पत्रकार आफैं समाजसेवाका कार्यमा लाग्नु राम्रो भएको भन्दै उहाँले प्रशंसा गर्नुभयो।
सर्बोदय ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष कृष्णराज ओलियाले ज्येष्ठ नागरिकका सपना पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । गिरीजाबाबु स्वयं राष्ट्रका नायक र राष्ट्रमा ज्येष्ठ नागरिकको प्रतिनिधिको रुपमा शान्ति प्रक्रियाको नेतृत्व गरेकाले उहाँको स्मृति कार्यक्रम पनि ज्येष्ठ नागरिक आश्रममा नै गरिएकाले उहाँको अझै सम्मान भएको बताउनुभयो।
नेपाल प्रेस युनियन लमजुङका अध्यक्ष परेमश्वर अधिकारीले गिराजाबाबुको सहमति, सहकार्य र एकताको मुलमन्त्र मुलकमा खाँचो हुंदै बताउँदै उहाँको अनुपस्थितिमा शान्ति प्रक्रिया निश्कर्षमा पुग्न नसकेको बताउनु भयो। प्रेस युनियनले समाजिक मुद्धाका बिषयहरुमा कलम चलाउने बताउँदै उहाँले सामाजिक कार्यहरुमा समेत प्रेस युनियन अग्रसर हुने बताउनुभयो।
सो अबसरमा लायन्स सर्बोदय ज्येष्ठ नागरिक आश्रममा रहेका ११ जना ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको थियो। कार्यक्रममा नेपाल प्रेस युनियन गण्डकी अञ्चल सदस्य सृजना घिमिरे, केन्द्रीय पार्षद छविलाल बगाले, नेपाल तरुण दल क्षेत्र नं. १ का अध्यक्ष राम गुरुङ, प्रेस युनियनका उपाध्यक्ष ऋषि अधिकारी, सह–सचिब दीपक अधिकारी लगायत, कार्य समितिका सदस्यहरुको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण प्रेश युनियन लमजुङ सचिब सन्देश पौडेलले गर्नुभएको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook