औषधीको मूल्य वेबसाइटमा राख्ने सरकारी तयारी
तोके कोमूल्यभन्दा बढीलिए२५ हजारजरिवानावा३ वर्ष कैदवादुवै सजाय हुने व्यवस्थाछ
एउटै उपचारका लागि प्रयोग हुने फरक-फरक कम्पनीको औषधीमा पसलैपिच्छे छु ट्टाछु ट्टै मुल्य तिर्नुपर्दा उपभोक्ताहरु मारमा परिरहेको भन्दैसरकारले त्यसमा एकरुपता ल्याउने प्रयास थालेको अधिकारीहरुले बताएका छन्।
त्यस्तै प्रयासको प्रारम्भिक चरणमा औषधी व्यवस्था विभागले देशभर विक्री हुने स्वदेशी तथा विदेशी गरी झन्डै १५ हजार ब्रान्डका औषधीहरुको मूल्य वेबसाइटमार्फ त सार्वजनिक गर्न प्रक्रिया शुरु गरेको जनाएको छ।
प्रारम्भिक चरणमा आयुर्वेद, होमियोपेथी लगायतका वैकल्पिक भनिने उपचार पद्धतिमा प्रयोग हुने औषधीको विवरण भने समावेश नगरिने अधिकारीहरुले बताएका छन्।
औषधी किन्दा उपभोक्ताहरु धेरै हदसम्म ठगिने गरेको पाइएपछि औषधी व्यवस्था विभागले उस्तै रोगका लागि चाहिने एकै प्रकृतिका औषधीहरुको मूल्य सार्वजनिक गर्न काम शुरु गरेको बताइएको छ।
अभिप्राय
त्यसका लागि औषधी कम्पनीहरुले आफू ले तोकेको मूल्य विभागमा बुझाउनुपर्नेछ र संशोधन गरेको भए त्यसको जानकारी पनि तत्कालै गर्नुपर्ने विभागले जनाएको छ।
औषधी व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता नारायण ढकालले भने, "एउटै खाले औषधीको पनि बजारमा फरक-फरक मूल्य हुने खालको गलत प्रतिस्पर्धामा कमी आओस् र सही मुल्यमात्रै मानिसले तिर्नुपरोस् भनेर औषधीको मूल्य सार्वजनिकरण गर्ने सोचमा हामी गएका हौँ।"
त्यसरी वेबसाइटमा राख्न अहिलेसम्म ३५ वटा स्वदेशी औषधी कम्पनीले मूल्य विवरण बुझाएको भए पनि झन्डै तीन सय वटा विदेशी कम्पनीले बुझाउन बाँकी रहेकोले सार्वजनिक हुन झन्डै ६ महिना लाग्ने उनले बताए।
यसो गरेपछि औषधी उत्पादक कम्पनीबीच प्रतिस्पर्धा हुने र उनीहरुलाई मूल्य घटाउन दबाब पर्ने विभागले अपेक्षा गरेको छ।
दबाब
ढकालले भने, "आफ्नो मूल्य वेबसाइटमा देखाउनु परेपछि कम्पनीलाई बाध्य भएर आफ्नो औषधीको मूल्य घटाउन दबाब पर्छ र बजारबाटै मूल्य निर्धारण हुन्छ।"
तर कम मात्रै इन्टरनेटको पहुँच भएको बेला वेबसाइटमा राखिने जानकारीले शहर केन्द्रित सानो समुदायलाई मात्रै त्यो लाभदायक हुने ठानिएको छ।
तर विभागको भने झन्डै १५/१६ हजार औषधीको मूल्य सार्वजनिक गर्न अन्य माध्यमबाट गाह्रो हुने तर्क छ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook