खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र गतिमा
खोटाङ । जिल्लावासीलाईसबैभन्दा पायक पर्ने स्थानमा निर्माण गरिएको खोटाङको खानीडाँडा विमानस्थल कालोपत्रको काम तीव्र पारिएको छ ।
सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमायाँ राई खानीडाँडा विमानस्थलमा अहिले बेस निर्माणको काम भइरहेको फिल्ड सुपरभाइजर सानुबस्नेतलेजानकारी दिनुभयो । उहाँका अनुसार ६००मिटरमा ४०० मिटरको काम सम्पन्न भइसकेको छ ।
चन्दा सङ्कलन गरेर निर्माण सुरु गरिएको खानीडाँडा विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ८० लाखको लागतमा कालोपत्रको काम सुरु गरिएको हो । बर्खायाममा उडान बन्द हुँदैआएको विमानस्थल कालोपत्रका लागिशेर्पा कन्सट्रक्सन प्रालि काठमाडौँले जिम्मा लिएको छ । धावनमार्ग कालोपत्रको काम आगामी असारसम्म सकिने नागरिक उड्डयन प्राधिकरणका सुपरभाइजर बालकृष्ण बोहोराले जानकारी दिनुभयो ।
खानीडाँडाबाट करिब चार किलोमिटर दूरीमा रहेको खाल्लेबाट ढुङ्गा ल्याएर गिट्टी बनाउनुपर्ने भएकाले काममा के ही ढिलाइभएको बोहोराको भनाइ छ । विमानस्थल कालोपत्रको काम सुरु भएसँगै खानीडाँडा विमानस्थलमा आगामी जेठसम्मका लागिउडान बन्द गरिएको छ । उडान बन्द भएपछि जिल्लावासीमा पर्न जाने समस्यालाई मध्यनजर गर्दै तत्काल काम सक्न ठेकेदारलाई निर्देशन दिइसकेको प्रमुखजिल्ला अधिकारी गोविन्द सापकोटालेबताउनुभयो

0 comments
प्रतिक्रिया दिनुश
Facebook