श्रीमतीको हत्या गरी फरार श्रीमान २४ घण्टा नबित्दै प्रहरीको फन्दामा

Posted: Monday, Mar 16, 2015 07:48 AM ( 33 minutes ago )
धनुषा, चैत २ – श्रीमतीको हत्या गरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वर नगरपालिकामा १० ईच्छापुरका ४० वर्षीय रामबाबु साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
शनिबार राती श्रीमती ३० वर्षीया सरिता देवी साहलाई टाउकोमा ढोकाको आग्लो प्रहार गरी हत्या गरेर रामबाबु फरार भएका थिए । फरार अभियुक्त रामबाबुलाई आइतबार धनुषाको खरिहानी नहर छेउमा लुके र बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो
0 comments
प्रतिक्रिया दिनुश
Facebook