हाम्रो समय

पानी परेपछि फोहोरथुप्रिएको सडक झन् बेहाल

Posted: Monday, Mar 16, 2015 07:45 AM ( 21 minutes ago )

काठमाडौं, चैत २ – चार दिनदेखि फोहोर नउठ्दा काठमाण्डूको सडकमा दुर्गन्ध बढ्न थालेको छ । राती पानी परेपछि झन् सडकमा हिँड्न समेत मुश्किल परेको छ । फोहोर कहिलेदेखि उठ्छ भन्ने अझै अनिश्चित छ । काठमाडौं महानगरपालिकासँग आवद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहोरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्क ने भन्दै फोहोर नउठाएकोले सडकमा दुर्गन्ध बढेको हो ।

फोहोर व्यवस्थापनको लागि कर्मचारीहरुसँग वार्ता भइरहेको काठमाडौ महानगरपालिकाका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले बताउनु भयो । गाडीमा आगजनी भएको बेला धेरै मेशिनरी सामान पनि नष्टभएकोले सामान व्यवस्थापन गर्न पनि गार्हो भएको उहाँको भनाई छ ।

गएको बुधबार दिउँसो फोहोर बोके र गएको ट्रकको ठक्करले सिसडोलमा एक बालकको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिकाका गाडीमा आगो लगाएका थिए ।त्यसपछि कर्मचारीहरुले सुरक्षाको प्रत्याभूतिको माग गर्दै फोहोर व्यवस्थापन अवरुद्ध गर्दै आएका हुन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook