हाम्रो समय

शनिबारदिउँसोबाट कलैयाको आन्दोलन स्थगीत

[image_0

,फागुन
६बुँदे सहमति, मृतक पूजाको दाहसंस्कार आजै



बिगत ५ दिनदेखि कलैयामा जारी आन्दोलत शनिबार दिउसोबाट स्थगीत भएको छ। मृतक पूजाको शवलाई बारा सदरमुकाम कलैयामा राखेर भइरहेको आन्दोलन राजनीतिकरण भएको जनस्तरबाटआलोचना भएपछि शनिबार आन्दोलन स्थगीत भएको हो।

बुधबारभएको सहमतिलाई आधार मान्दै आन्दोनरत पक्षले शनिबारदेखि आन्दोलन स्थगीत गरेका हुन्।

स्थानीय प्रशासन र बेटी बचाउँ संघर्ष समितिबिच जिल्ला प्रशासन कार्यालय बारामा शनिबार भएको वार्तामा भएको ६ बुँदे सहमतिअनुरूप आन्दोलनका सबै कार्यक्रमहरु स्थगन गरिएको हो।

मृतकपूजाको शबलाई आजै दाहसंस्कारगरिने आफन्तजनले बताएका छन्।बुधबारस्थानीय प्रशासनसँगं भएको बार्तामा समावेस बुँदामै सहमति भएकोले मृतकपूजाको सबमा पनि केहि दलका नेताहरुले राननीति गरेको समेत आलोचना भएको छ।

शनिबार दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा सुरुभएको बार्तामा प्रशासनको तर्फ बाट प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी ,बरिष्ठ प्रहरी उपरीक्षकमनोज न्यौपाने ,बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्ल, सशस्त्र प्रहरी उपरीक्षकभेष बहादुर साह तथा आन्दोलकारीहरुको पक्षबाटसंघर्ष समितिका अध्यक्ष प्रमोद गुप्ता, सचिव मुकेश साह, मृतकका बुबानारायण साह, उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साह, नेताहरु रामकिशोरयादव, धुरी साह, मिश्रीलाल सहनी र दिपलाल साह लगायतको सहभागितामा ६ बुँदे सहमति भएको बेटी बचाउँ संघर्ष समितिका सचिव मुकेश साहले बताए।

मृतकपूजाको परिवारको परिवारलाई दश लाख क्षतिपूर्ति दिन सिफारीस गर्ने, दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने, बारा जिल्ला लगायत कलैया बासीहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने ,आशिष गुप्ताका हत्यारालाई तुरून्त पक्राउगरि सार्बजनिकगर्ने, उद्योगवाणिज्य संघको साझेदारीमा कलैया नगरमा छिटो सिसि क्यामरा जडान गरिने सहमति पछि आन्दोलनका सबै कार्यक्रमहरु स्थगन गरिएको संघर्ष समितिका अध्यक्ष प्रमोद गुप्ताले बताए।

0 comments

प्रतिक्रिया दिनुश

Facebook