अबको वार्ता निर्णायकहुन्छ –नेता केसी

चितवन। नेपाली काँग्रेसका के न्द्रीय सदस्य अर्जुननरसिंह के सीले एकीकृ त नेकपा (माओवादी)सहितको ३०दलीय मोर्चासँगको वार्ता निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
नेपाल शिक्षक सङ्घमध्यमाञ्चल क्षेत्रीय समन्वय समितिले चितवनको रत्ननगरमा आयोजना गरेको क्षेत्रीय भेलामा नेता के सीले अहिलेको वार्ता निर्णायकहुने उल्लेख गर्नु भयो ।
सत्ता साझेदार दलहरुले अधिकतम लचकता अपनाउने बताउँदै उहाँले यसमा पनि ३० दलीय मोर्चा सहमत नभए प्रक्रियाबाट संविधान जारी गरिने बताउनुभयो ।
कार्यक्रममा सभासद्हरु रामकृ ष्ण घिमिरे, शेषनाथ अधिकारी, उमेश श्रेष्ठ, नेपाली काँग्रेसकी नेत्री सावित्री बोगटी पाठकवर्तमानराजनीतिक अवस्थाका बारे बोल्नुभएको थियो ।
कार्यक्रममा मध्यमाञ्चल संयोजक सुदर्शन घिमिरेले भेलाद्वारा पारित ३३ बुद्धे चितवन घोषणापत्र सार्वजनिक गर्नुभएको थियो । घोषणापत्रमा शिक्षकको हक अधिकार सुनिश्चित गर्ने माग उल्लेख गरिएका छन् ।
हिजोबाट सुरु भएको भेलामा विभिन्न प्रतिवेदनमाथि छलफल भएको शिक्षकसङ्घ चितवनका अध्यक्ष ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook