८० वर्षिया बृद्धाको हत्या

Posted: Monday, Mar 16, 2015 08:36 AM ( 10 minutes ago )
लमजुङ, चैत २ – लमजुङको तार्कु घाट गाउँ विकास समिति वडा नम्बर ५, डौलीयाडाँडामा एक बृद्धाको हत्या भएको रहस्य खुलेको छ । शनिबार साँझ खाना खाएर सुतेका ८० बर्षीया बृद्धा रोमकुमारी पन्त शनिबार विहान मृत अवस्थामा भेटिएको थियो ।
आफ्नै घरमा रहेको गोबर ग्याँसको मल निकासी गर्ने खाडलमा मृत अवस्थामा भेटिएकी पन्तको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको हुनसक्ने निष्कर्ष निकालिएको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
स्थानीयले पन्तको शव खाल्डोमा रहेको जानकारी प्रहरीलाई गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारी र ईलाका प्रहरी कार्यालय भोटेओडारबाट प्रहरी निरीक्षक हेमन्त थापा सहितको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।हत्या भएको प्रारम्भिकअनुसन्धान अनुसार घटनाको विस्तृत अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
‘अनुसन्धानकै क्रममा रहेकाले घटना घट्नुको कारणबारे खोज्दैछौँ’ प्रहरी श्रोतले भन्यो, ‘लुटिएको पनि हुनसक्छ ।’ परिवारले दिएको जानकारी अनुसार बृद्धाले घाँटीमा लगाएको सुनको सिक्री छैन ।
३० बर्षीय नातिसँगै बस्दैआएकी पन्तका दुई छोराहरु मध्येका जेठो छोरा अमेरिकामा रहेका छन् भने कान्छो छोरा मनाङमा शिक्षक रहेको स्थानीयबासिन्दाले बताएका छन् ।
लमजुङमा के ही दिन यता हत्याको घटना बढेको छ
0 comments
प्रतिक्रिया दिनुश
Facebook