हाम्रो समय

जुम्लाकोतिलानदीमाबस खस्दा१८को ज्यानगयो, १० जनाघाइते (अपडेट

२०७१ चैत्र २ सोमबार

)

ललितबहादुरबुढा |

सुर्खेत :जुम्लाबाटकालिकोटका लागि छु टेको यात्रु बस सोमबारबिहानजुम्लाको रारालीमादुर्घटना हुँदा १८ जना यात्रुको ज्यानगएको छ। दुर्घटनामा परी १०यात्रु गम्भीर घाइते भएकाछन् ।

सोमबारबिहानैकालिकोटकालागि छु टेको ना ४ख ४९७० नम्बरको लोकल बसजुम्लाको रारालिहीमा दुर्घटनामा परेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।बस सडकबाटतिलानदीमा खसेको छ। (i)

१३ जनाकाे घटनास्‍थलमैरपाँचजनाको उपचारका लागि जुम्लाअस्पतालल्याउने क्रममा मृत्युभएको प्रहरीले जनाएको छ।दुर्घटनामागाडीका चालक रसहचालक दुवैको पनिज्यानगएको जिल्‍ला प्रहरी कार्यलय जुम्लाका निरीक्षक इन्‍द्रबहादुर साउदले बताए।

घाइतेहरुमध्ये५ जनाको अवस्था गम्भिररहेकालेथप उपचारका लागि जुम्ला सदरमुकामखलंगामा पुर्‍याइएको छ।यस्तै५ जना घाइतेको भने घटनास्थलमैरहेको स्थानीयमेडिकलमा उपचारभइरहेको छ।बसमा२९ जना यात्रु सवाररहेकोर एक जना यात्रुको भने प्रहरीले सकुशल उद्धार गरेकोक्षेत्रीयप्रहरी कार्यालय सुर्खेतका डीएसपी मिनबहादुररावलले जानकारी दिए।

तर,स्थानीय बासिन्दालेभने ३७ जना यात्रुको चलानीसहित बसछुटेको बताएका छन्।घटनास्थलजुम्ला सदरमुकामबाटटाढाभएकाले पनि मृतकको सनाखत हुन नसके को प्रहरीलेजनाएको छ।दुर्घटनामा परेको बस कर्णाली राजमार्ग अन्तर्गत जुम्लाबाटकालीकोटको नाग्म बजारसम्मस्थानीय रुटमा सञ्चालनहुने गर्दथ्यो । दुर्घटनाको एकीन कारण खुल्ननसके पनिजिल्लाप्रहरी कार्यालयजुम्लाले भने हिलोमाचिप्लिएर बसदुर्घटना भएको अनुमान गरेकोछ।आइतवार साँझदेखि परेको पानीकाकारणसडक हिलाम्य हुँदा बसचिप्लिएको हुनसक्ने प्रहरीलेजनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook