हाम्रो समय

बाल गृहमा परिवार नियोजनका अस्थायी साधन, १६ बालबालिकाको उद्दार

 पहिलोपोस्ट - |18th March 2015| ४ चैत्र २०७१ |

काठमाडौं : काठमाडौंको गौशालामा रहेको संरक्षणको लागि मानव वातावरण संघ (हाम्रो घर) नामक बाल गृहमा महिला तथा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधनहरु भेटिएपछि त्यहाँ रहेका १६ जना बालबालिकालाई अन्यत्र सारिएको छ।

गौशालामा दुईओटा घर भाडा लिएर सञ्चालन गरिएको उक्त बाल गृहको भुइँतल्लामा महिला कन्डम, पुरुष कन्डम, यौनांगमा लगाउने विभिन्न औषधि लगायत सामग्री भेटिएपछि ८ बालकतथा ८बालिकाको आकस्मिक उद्दार गरि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला स्तरीय बालगृह अनुगमन समिति काठमाडौंका संयोजकसहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालले जानकारी दिए।

'माथिल्लो तलामा बालबालिका राखिएको थियो। तल्लो तलामा महिला तथा पुरुषका कन्डम, महिला यौनांगमा लगाउने औषाधि लगायत वस्तु भेटियो', सहायकप्रमुख जिल्ला अधिकरी पौडेलले भने, 'आवश्यक कारबाहीका लागि सबै निकायलाई भनेका छौँ। प्रहरीले अनुसन्धान थालेको छ।'

आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धि मापदण्ड, २०६९बमोजिमका अधिकांश मापदण्ड कार्यान्वयन नभएको अनुगमनका क्रममा भेटिएको पौडेलले बताए। 'बालबालिका उच्च जोखिममा पर्न सक्ने निष्कर्ष निकाल्दै आकस्मिक उद्दार गरिएको हो, के न्द्रीय बालकल्याण समितिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गौशाला र एअरपोर्ट बीचमा बाग्मती नदी छेउमा सञ्चालन गरिएको उक्त बालगृह ९० हजार भाडा तिरेर राखिएको थियो। दुई ओटा घर लिइए पनि बालबालिकालाई भने तीनकोठाको एउटा फ्ल्याटमा राखिएको के न्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

म्याद नाघेका खाद्यान्न तथा खाद्यसाम्रगीबारे अनुसन्धान गर्न खाद्य गुणस्तर तथा नापतौल विभागलाई खटाइएको पौडेलले जानकारी दिए। यस्तै त्यहाँ भेटिएका औषधिहरुबारे अनुसन्धान गर्न औषधि विभागलाई भनिएको उनले बताए।

'त्यहाँ ८/१० ओटा कम्प्युटर पनि रहेछन्, जफत गरेका छौँ', उनले भने, 'प्रहरीले अनुसन्धान गरिरहेको छ।'

अनुगमनका क्रममा एउटा फ्ल्याट बाहेक अन्य कोठालाई 'स्टोरको रुपमा प्रयोग गरिएको, परिवार नियोजनका अस्थायी साधन तथा ब्लड ब्याग सिरिन्ज, एक्सरे मेसिन आदि भेटिएको के न्द्रीय बालकल्याण समितिको विज्ञप्तीमा उल्लेख छ। बरामद सामग्री महानगरीय प्रहरी वृत्तगौशालामा राखिएको छ।

अरु के भेटियो

अनुगमनका क्रममा बालबालिका राख्ने ठाउँ अत्यन्त फोहोर रहेको, ओढ्ने/ओछ्याउने कपडाको अभाव रहेको, खाने पानीको अभाव रहेको र भान्सामा पकाउने वस्तु नराखिएको भेटिएको थियो। यस्तैबिजुलीबत्ती नभएको, म्याद नाघेको खानेकु रा भएको भेटिएको छ।

बालकल्याण समितिले पटक पटक अनुगमनमा जाँदा समेत संस्थाका जिम्मेवार व्यक्तिसँग भेट गर्न नसकिएको जनाएको छ। 'राति बाबालिका सुत्ने घरमा कोही पनि जिम्मेवार व्यक्ति बस्ने नगरेको, बालबालिकाका लागि खाना पकाउने/ सरसफाइ गर्ने व्यक्ति नभएको तथा बालबालिका मानसिक रशारीरिक रुपमा असहज अवस्थामा पाइएको' विज्ञप्तीमा उल्लेख छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook