अध्यक्ष ओलीसँग यूरोपियनको टोली र भारतीय राजदूत भेटवार्ता

प्रकाशित मिति: 10:20:14 pm, April 11, 2015 भक्तपुर, चैत २८ – नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको युरोपियन युनियनको टोली र नेपालका लागि भारतीय राजदूतले आज छु ट्टाछु ट्टै भेटवार्ता भएको छ ।
बालकोटस्थित ओली निवासका युरोपियन युनियनका प्रतिनिधिको भेटमा संविधान निर्माणका विषयमा चासो व्यक्त भएको थियो । भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले संविधान निर्माणका विषयमा भएको प्रगतिबारे प्रतिनिधिमण्डलले जिज्ञासा राखेको बताए । त्यस अवसरमा ओलीले यो संविधानसभा संविधान नदिई संविधानसभा विघटन नहुने जानकारी गराउनुभएको उनले बताए । ओलीले तेस्रो संविधानसभाको कल्पनासमेत नगरेको र सकेसम्म सहमतिबाटै संविधान निर्माणका लागि अन्तिम समयसम्म पहल गर्ने, यदि सहमति नभए विधि र प्रक्रियाअनुसारसंविधान बन्ने बताएका थिए । यस्तै नेपालका लागि भारतीय राजदूत रञ्जित रे र अध्यक्ष ओलीबीच आजै भएको भेटमा अध्यक्ष ओलीले संविधान निर्माणका लागि अब समय कुरेर बस्न नहुने र सहमति बनेका विषयलाई संविधान निर्माणको प्रक्रियामा लानुपर्ने रसहमति नभएका विषयलाई सहमतिका लागि पछि छलफलमा लैजाने बताएका थिए । (तस्विर: केपी ओली ट्वीटर)
0 comments
प्रतिक्रिया दिनुश
Facebook