ग्राहकको एटिएमबाट बैंककै कर्मचारीले पैसा लुटे
काठमाडौं ।बैंककै कर्मचारीले ग्राहकको एटिएम कार्ड प्रयोग गरेर पैसा झिक्ने गरेको पाइएको छ । काठमाडौंको ठमेलस्थित हिमालयन बैंकको ग्राहक सेवामा कार्यरत गिरीराज देवकोटाले सेवाग्राहीकै एटिएम कार्डबाट पैसा निकालेर ठगी गरेको आरोपमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
सेवाग्राहीको एटिएम दुरपयोग गरेको आरोपका देवकोटालाई बुधबार महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । प्रहरीका अनुसार दैलेखका नारायण नगरपालिकाका डा. रविन खड्काको एटिएमबाट उनले दुई पटक गरी १२ लाख रुपैयाँ निकालेको आरोप छ ।
हिमालयन बैंक चितवनको टाँडी शाखामा रहेको खाता नम्बर ००७०२१०३९४००१४ रहेको खड्काले एटिएम कार्डको म्याद सकिएपछि ठमेल शाखामा २०६९ फागुन २२ गते निवेदन दिएका थिए । तर, त्यहाँ ढिलो हुने भन्दै खड्काले पुन २०६९ चेत १ गते केन्द्रीय कार्यालय कमलादीस्थित कार्ड सेन्टरम निवेलदन दिएका थिए । कार्ड सेन्टरबाट खड्काले ४१०१४९००७२८१९२३१ नम्बरको एटिएम कार्ड पाइसकेका थिए । तर, ठमेल शाखाबाट कार्ड सेन्टरमा गएको निवेदनपछि पुन अर्काे कार्ड स्वीकृति भएर ठमेलमै अर्काे ४१०१४९००७२८९५३२२ नम्बरको पुगेको थियो ।
खड्काले कार्ड सेन्टरबाट एटिएम बुझेपछि ठमेलमा दिएको निवेदनबारे वास्ता गरेका थिएनन् । फलस्वरुप त्यसैको फाइदा उठाउँदै ठमेलस्थित बैंक शाखाका मर्मचारी देवकोटाले खड्कालाई नियमबस फिर्ता नगरी पैसा निकालेको महाशाखाले जनाएका छन ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook