हाम्रो समय

ब्राजिलकाराष्ट्रपतिले अमेरिका भ्रमण गर्ने

पानामा सिटी, ३० चैत । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफ यस वर्षको गृष्म ऋतुमा अमेरिका भ्रमणमा जानुहुने कार्यक्रम रहेको अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । दुई वर्षअघिनै उहाँ अमेरिका भ्रमणमा जाने कार्यक्रम तय भएकामा ब्राजिलको हितविपरीत अमेरिकाले गुप्तचर परिचालन कार्यक्रम (स्पाइ प्रोग्राम) अघि सारेकाले सोको साङ्केतिक विरोधस्वरुप उक्त भ्रमण रद्दगरिएको थियो । सन्२०१३ को हेमन्त ऋतुतिर दिल्माको अमेरिका भ्रमण कार्यक्रम तोकिएकामा यसै बखत ब्राजिल सरकार र जनतालाई लक्षित गरी अमेरिकाले गुप्तचरी गरी अभियान थालेको थियो । यसै बखत ब्राजिलका राष्ट्रपति सूचना तथा सञ्चार संयन्त्रमा अमेरिकीराष्ट्रिय सुरक्षा निकायले गडबडी पैदा गरिदिइ कम्प्युटर सञ्जालमासमेत धक्का पर्न गएको (ह्याकिङ्ग भएको) थियो । त्यसैका कारण ब्राजिल सरकारद्वारा सञ्चालित इन्धन उत्पादनकम्पनी तहसनहस भएको र ब्राजिलको गेटवे हुँदै सञ्चालित हुने करोडौँटेलिफोन कल रइमेल आदानप्रदान सेवासमेत प्रभावित हुन गईअर्बौंडलरको क्षति पुग्न गएको तथ्य सञ्चारमाध्यमले बाहिर ल्याएको थियो । यद्यपि अमेरिकी राष्ट्रपतिको औपचारिक निम्तालाई स्वीकार गर्दै आफू अमेरिका भ्रमणमा जाने कु रामा दिल्माले हर्ष प्रकट गर्नुभएको जनाइएको छ । आगामी जुन ३० तारिखका दिन उहाँ अमेरिका भ्रमण जाने तय भएको छ । एपी

0 comments

प्रतिक्रिया दिनुश

Facebook