हाम्रो समय

करोडौं रुपया खर्च गर्न नसक्दा चुनाव जित्न सकिनः केसी

प्रकाशित मिति: 2:21:36 pm, April 13, 2015 काठमाडौ, चैत ३० – बाग्लुङमा भएको संविधानसभाको उपनिर्वाचनमा एमाओवादीका तर्पबाट उम्मेवार लडेका कृष्ण केसीले चुनाव जित्न करोडौ रकम खर्च गर्न नसक्दा आफु चुनावमा हारेको बताएका छन् ।

केसीले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै विजयी हुनको लागि करोडौंको धनराशी खर्च गर्नुपर्ने, सो रकम उठाउन भ्रष्टाचार तथा अन्य विभिन्न अपराधमा संलग्न हुनु पर्ने र पराजित भएमा आर्थिक रुपमा जीवनभर कहिल्यै उठ्न नसक्ने गरी थला पर्नु पर्ने स्थिति पैदा भएको बताएका छन् । उनले हाल अभ्यास भइरहेको निर्वाचनले जनताको वास्तविक अभिमतको प्रतिनिधित्व गर्न र गरीब, दुःखी जनताले निर्वाचनमा प्रतिनिधिको रुपमा प्रस्तुत हुन सक्ने स्थितिको नभएको समेत बताएका छन् । हाल अभ्यासमा रहेको चुनावी शैलीले वर्तमान संसदीय व्यवस्थाको धज्जी उडेको छ र यसको असफलता प्रस्ट भएको समेत बताएका छन् । उनले ऐतिहासिक निर्बाचनमा राजनैतिक, बैचारिक र संविधान सभामा उठाउने मुद्दाहरुलाई गौण बनाई आमजनतामा निरासा र राजनीति प्रति नै वितृष्णा पैदा हुने गरी सत्ताधारी दलहरुबाट सत्ता र पैसाको दुरुपयोग भएको आरोप समेत लगाएका छन् । निर्वाचन आचार संहिताको उलंघन, आममतदाताहरुलाई अवान्छित प्रलोभनमा पारिनु, मतदाता खरीद–विक्रि हुँदा समेत निर्वाचन आयोग मौन बसेको भन्दैआक्रोश व्यक्त गरेका छन् । साथै उनले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook