हाम्रो समय

९ सय लिटर अवैध घरेलु मदिरा नष्ट



प्रकाशित मिति: 5:50:18 pm, April 05, 2015

चितवन, चैत २२ – रत्ननगर प्रहरीले आईतवार ठूलो परिमाणको अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
रत्ननगर क्षेत्रमा अबैध घरेलु मदिरा नियन्त्रण र नष्ट गर्ने अभियान तिब्रता दिएको रत्ननगर प्रहरीले एक साताको अवधिमा संकलन गरेको ९०० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो ।
madira nasta
नगर क्ष्ँेत्र अन्र्तगत पिठुवा, जिरौंना, माधवपुर, पदमपुर लगाएतका एक साताको दौरानमा बरामत गरीएका मदिरा नष्ट गरीएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
अबैध घरेलु मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानलाई तिब्रताका साथ अगाडी बढेको वताउदै निरीक्षक रिजालले स्थानियले सहयोग गरे अबैध घरेलु मदिराको उत्पादन र बिक्री बितरणलाई कम गर्ने सकिने बताए । कार्यालयले अघिल्लो सातामात्र विभिन्न क्षेत्रवाट संकलन गरीएको अवैध मदिरा नष्ट गरेको थियो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook