हाम्रो समय

गोर्खाका सन्दिप भए मिष्टर नेपाल

 काठमाडौं, चैत २२
एपोलो इन्टरनेसनल कलेज वानेश्वरमा बिबिएस अध्ययनरत २२ वर्षीय सन्दिप पोखरेलले ‘मिष्टर नेपाल २०१५’ उपाधि चुमेका छन्। गोर्खाका पोखरेलले ४० प्रतियोगी युवालाई पछि पार्दै १३ ‍औं मिष्टर नेपाल बनेका हुन्। प्रतियोगीतामा पोखरेलले मिष्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्स विधागत अवार्ड समेत हात पारे।
‘यदी तपाई छोरीको बाबु भएको खण्डमा निर्बाह गर्ने प्रमुख तीन कुरा के के हुन्?’ निर्णायकले अन्तिम राउण्डमा पोखरेललाई प्रश्न राखेका थिए। यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेल उपाधि बिजेता बनेका हुन्।
पोखरेललाई गतवर्षका विजेता सुरज चिलुवालले मिष्टर नेपालको ताज पहिर्‍याए। बिजेता पोखरेलले उपाधिका साथमा नगद एक लाख रुपैया, चलचित्र बिन्दास ३ अभिनयका अवसरका साथमा अन्य बिभिन्न उपहार प्राप्त गरे।
बिजेता घोषित भएपछि पोखरेलले आफूलाई नेपाली चलचित्र क्षेत्र मन पर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए। अभिनेताको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो र देशको नाम चिनाउन सधै आफू लागिपर्ने उनको भनाई थियो।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार साँझ सम्पन्न प्रतियोगीतामा प्रतिक लालवानी फष्ट रनर अफ र मिलन श्रेष्ठ सेकेण्ड रनर अफ घोषित भए। लालबानीले ह्याण्डसम ,पर्सनालिटी सहित भियुर्स च्वाईस अवार्ड समेत जित्दा श्रेष्ठले भने फ्रेड्ली अवार्डमा चित बुझाए। दुबैले उपाधिका साथमा बिभिन्न उपहार समेत प्राप्त गरे।
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उदेश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायतका प्रशिक्षण सहित स्पर्धामा उतारेको थियो।
दर्जन बढी उप–शीर्षकमा बिजेता घोषित गरिएको कार्यक्रममा प्रतियोगीतामा सुजित आचार्य फोटोजेनिक, अजुरी दिमखान र शनी शाह फिजिक्स, अरुण केसी र प्रहिल कार्की मेक ओभर, गोपाल गज्मेर र वर्कास राई चर्मिङ ,राजेन्द्र रवाल बेष्ट ड्रेस, युमा लिब्बु बेष्ट स्त्रि्कन, दोष्त हरन लिब्बु मल्टिीमिडिया, बिजय केसी बेष्ट क्याटवाक, निरन अवाल र पवन गुरुङ स्पोर्ट घोषित भए।
चलचित्र निर्देशक उद्धव अविजित, राजु गिरी, मिष्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणालयायत निणर्यक रहेको प्रतियोगीताको कोरीयोग्राफी चाँदनी लामिछानेले गरेकी थिइन्। 

0 comments

प्रतिक्रिया दिनुश

Facebook