हाम्रो समय

हेलिकोप्टर दुर्घटनामा मलेसियन प्रधानमन्त्रीका सहयोगी मारिए


एजेन्सी |
२०७१ चैत्र २२ आईतवार




                                                                              फोटो :एजेन्सी
एजेन्सी : एक हेलिकोप्टर दुर्घटनामा मलेसियन प्रधानमन्त्री नजिब रजाकका एक सहयोगी मारिएका छन् । दुर्घटनामा अमेरिकाका लागि मलेसियाका एक पूर्वराजदूतसहित अन्य ६ जनाले पनि ज्यान गुमाएका छन् ।

मृतकहरुमा अमेरिकामा मलेसियाका राजदूत रहिसकेका जमालुद्दिन जारजिस  र प्रधानमन्त्रीसँऊ काम गरिसकेका आजलिन एलियास रहेका छन् । कुआन्ताबाट फर्किरहेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएर आगो लागेको थियो ।

उद्दारकर्मीले दुर्घटनास्थलबाट सबै ६ वटा जलेका शव निकालेका छन् ।  दुर्घटनामा परेका उनीहरु पहान्ग राज्यको कुआन्ता नजिकैको पेकानमा आयोजित नजिबकी छोरीको रिसेप्सनमा सहभागी भएर फर्किरहेका थिए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook