वीरेन्द्र तालमा हिम पहिरो, पानीले सतह छाड्यो
09 Apr 2015 | 12:17pm
बिहीबार २६ चैत्र, २०७१
गोरखा- उत्तरी गोरखाको सामागाउँम मनास्लु वेसक्याम्प नजिकै रहेको वीरेन्द्रतालमा हिम पहिरो गएको छ। तालमाथि जमेको हिउँ पहिरो गएपछि तालमा रहेको पानीले सतह छाड्दा ताल नाघेर पानी बाहिर बगेको सामागाउँ प्रहरी चौकीका हवल्दार विष्णु पोखरेलले टेलिफोनमा जानकारी दिए।
आज बिहान नौ बजे हिम पहिरो गएपछि तालबाट पानीको बाहव बाहिर बग्ने क्रम बढेपछि पुल र घट्ट बगाएको छ।
पहिरोले ताल पुरेपछि तालमा रहेको पानी बगेर बाहिर निस्कँदा मनास्लु पदमार्गको बाटोमा समेत असर पुगेको उनले बताए। लार्केपासका लागि गएका पर्यटक खोला तर्न सकेका छैनन्। सामागाउँ देखि साम्दो जाने पुल बगाएपछि पर्यटक अहिले त्यहाँबाट अगाडि जाने अवस्था नरहेको प्रहरीले जनाएको छ।
ताल रहेको गाविस गोरखाबाट ५३ कोष उत्तर कोष टाढाको दूरीमा पर्छ। त्यहाँ पुग्न सदरमुकामबाट एक साता
0 comments
प्रतिक्रिया दिनुश
Facebook