हाम्रो समय

लोक सेवामा खुल्यो २३ सय जागिर

8th April 2015 |
२५ चैत्र२०७१

काठमाडौं : लोक सेवा आयोगले स्वास्थ्य क्षेत्रका विभिन्न तहमा दुई हजार तीन सय १९ कर्मचारीका लागि विज्ञापन खुला गरेको छ। लोक सेवाले स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणीका प्राविधिकको लागि विज्ञापन खुलाएको हो।

लोक सेवाले खुला तथा समावेशी समूहका लागि विज्ञापन खुला गरेको जनाएको छ। लोक सेवाले अनमी, स्वास्थ्य प्राविधिकलगायतका पदमा दरखास्त माग गरेको छ। लोक सेवाले बुधबार सार्वजनिक गरेको विज्ञापन अनुसार आवेदन दिने आवेदकको लिखित परीक्षा आगामी जेठको अन्तिम हप्ता र असारको पहिलो हप्ता हुने छ।

लोक सेवाले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकु टाबाट एकसय ५१, अञ्चल कार्यालय इलामबाट एकसय ४९, मध्यममाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरी काठमाडौंबाट एकसय ३८, जनकपुर अञ्चल कार्यालय जलेश्वरबाट एकसय ४२ तथा सगरमाथा अञ्चल कार्यालय दिक्ते लबाट दुईसय ५२ जना माग गरेको छ।

यस्तै आयोगले नारायणी अञ्चल कार्यालय हेटौंडाबाट तीनसय ३२ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराबाट दुईसय ४०, लुम्बिनी अञ्चल कार्यालय बुटवलबाट एकसय ६४, धौलागिरी अञ्चल कार्यालय बाग्लुङबाट एकसय ४९ तथा मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतबाट एकसय ३३ जना माग गरेको छ।

यस्तै राप्ती अञ्चल कार्यालय दाङबाट एकसय ४९, कर्णाली अञ्चल कार्यालय जुम्लाबाट ५९, सुदूपश्चिम निर्देशनालयबाट एकसय १८र महाकाली अञ्चल कार्यालय महेन्द्रनगरबाट एकसय ४२ जना कर्मचारी माग गरिएको छ।

आयोगले सबैभन्दा धेरै कर्मचारी नारायणी अञ्चल कार्यालयबाट र सबैभन्दा थोरैकर्णालीबाट मागेको छ। विज्ञापन आयोगको वेबसाइटमा हेर्न सकिन्छ।

अनलाइनमार्फ त दरखास्त दिन चाहने उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटमा रहेको अनलाइन एप्लिके सनमा क्लिकगरी आफ्नै अकाउन्ट बनाएर मात्रै आवेदन दिन सक्नेछन्

0 comments

प्रतिक्रिया दिनुश

Facebook