चट्याङमापरी तीनको मृत्यु
प्रकाशित मिति: 1:28:01 pm, April 05, 2015
चरिकोट, चैत २२– दोलखामा शनिबारसाँझ फरक फरक ठाउँमा चट्याङ पर्दा तीन जनाको मृत्युभएको छ । शैलुङ्गेश्वर गाविस–५ बस्ने ५५ वर्षीय यामबहादुर कार्की र३५ वर्षीया रेखा बस्नेतको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामाले बताए । शनिबार साँझ नै आलम्पु गाविस–१ मा चट्याङबाट ५६ वर्षीय मञ्जुरे थामीको पनि मृत्युभएको हो । यसैगरी, शनिबार साँझ मेलुङ्गबाट सदरमुकाम चरिकोटर्फ आउँदैगरेको बा ११ च २७३ नम्बरको जीपमाथि रुख ढल्दा चार जना यात्रु घाइते भएका छन् । घाइते हुनेमा भीमेश्वर नगरपालिका–१० का रञ्जित लामा, सोही वडाका आनन्द लामा, भीमेश्वर नगरपालिका–३ का सुरज थामी र मेलुङग गाविस–१ का श्यामबहादुर थापामगर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते
तीन जनाको स्थानिय च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ । उक्त जीप मेलुङग गाविसको वडा नं १ मा दुर्घटनामा परेको हो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook