हाम्रो समय

रुखमाझुन्डिएको अवस्थामाशव फेला

प्रकाशित मिति: 2:29:33 pm, April 05, 2015

गौशाला, चैत २२– महोत्तरीको गैँढाभेटपुर गाविसमा आज बिहान आँपको रुखमा झुन्डिएको अवस्थामा एक जनाको शव फे ला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो शव गैँढाभेटपुर गाविस–९ बस्ने ४५ वर्षीय सियाशरण मण्डलको हो । प्रहरी नायब उपरीक्षक लोके न्द्र श्रेष्ठका अनुसार मण्डलको शव निजको घरदेखि ५०० मिटर पूर्वमा आफ्नै आँपको बगैँचामा रुखको हाँगामा झुन्डिएको अवस्थामा फे ला परेको हो । केहिदिनदेखि घरायसी समस्याले तनावमा रहँदैआएका मण्डल गएराति घरबाट गायब भएका थिए भने आज बिहान ८ बजे उनको शव बगैँचामा झुन्डिएको अवस्थामा फे ला परेको परिवारजनले बताएका छन् । मृतक मण्डलको शव प्रहरीले परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने घटनाबारे आवश्यक जाँचबुझ भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook