हाम्रो समय

मुख्यसचिवज्यू बाग्मती सफाइ मात्र गर्नेकी, मुहानको बङ्गुर फार्म पनि हटाउने ?

पूर्णप्रसाद मिश्र, काठमाडौँ। प्रत्येक हप्ता बाग्मतीलाई सफाइ गर्ने महाअभियान १००औँ हप्ताको नजिक आइपुग्दा पनि बाग्मतीको सिरानकै स्थानमा बङ्गुरपालन फार्महरुलाई नहटाइँदा फोहर सिधै बाग्मतीमा मिसिई प्रदूषित पानी बगिरहेको छ।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई दर्जन बढी स्थानका बाग्मती नदी किनारमा यसरी सुँगुर, बङ्गुरलगायत चौपाया पालिएको छ । यसतर्फ बाग्मती सफाइ महाअभियानमा जुट्नुभएका नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलको समेत ध्यान जान नसके को स्थानीयवासीको गुनासो छ ।

बाग्मती शुद्धीकरणका लागि दुई दशकअघिदेखि काम गर्दै आएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृ त विकास समितिले पनि यसतर्फ ध्यान नदिँदा बाग्मती नदी प्रदूषित हुनाका साथै ग्रामीण भेगसमेत दुर्गन्धित बनेको स्थानीय रमेश सिम्खडाले गुनासो गर्नुभयो ।

समितिका अध्यक्ष नारायणप्रसाद रेग्मी भने शान्तिनगर र जागृतिनगरका बङ्गुरपालन के ही समयअघि हटाइएको र बाग्मती नदी बगेर आउने सिरानकै स्थानमा नदीका दायाँबायाँ बङ्गुर पालिएका सूचना प्राप्त हुन थालेकाले यिनलाई पनि हटाउने दिशामा लागिपरेको बताउनुहुन्छ।

“गोकर्णेश्वर नगरपालिकाको जम्बोडाँडाको अगाडिपट्टि रहेको राँगा, बङ्गुरलगायत काट्ने स्थललाई बन्द गराईत्यसबाट आउने फोहर प्रदूषणबाट बाग्मतीलाईबचाइएको छ,” उहाँले भन्नुभयो ।

गोकर्णमुनिको भेगमा रहेका सुँगुर बङ्गुर फार्मलाई हटाउने अभियानमा लाग्दा गोकर्णदेखि सुन्दरीजलसम्मको आठ किमिमा समितिले ध्यान दिन नसके को अध्यक्ष रेग्मीले बताउनुभयो । “हामी अनुगमनका क्रममा छौँ, गोकर्णमाथिको भेगमा अब के न्द्रित भईसुँगुर बङ्गुर फार्मलाई हटाउने काममा लाग्छौँ,” अध्यक्ष रेग्मीले भन्नुभयो ।

बङ्गुर फार्म चलाइरहेका तेजकु मार राई भने अहिलेसम्म कसैले पनि बाग्मती नदी किनारमा फार्म चलाउन पाइन्न नभनेको बताउनुहुन्छ । “हाम्रोमा अनुगमनका लागि पनि कोही आएको छैन, बरु स्थानीयवासीले बस्ती बढेको ठाउँमा बङ्गुर नपाल्न अनुरोध गरेका छन्, हामीले मात्र होइन जुगे खोलाका किनारमा मात्र १५ वटा बङ्गुर फार्म सञ्चालन गरिएको छ, यस खोलाको किनारमा मात्र सबै गरी एक हजार बढी बङ्गुर पालिएको छ,” उहाँले भन्नुभयो ।

बाग्मतीको माथिल्लो भेगमा रहेका सहायक नदीहरु कागेश्वरी, जुगे, कोलमति, चन्द्रमति र सूर्यमतिका किनारमा करिब पाँच दर्जन बङ्गुर फार्म सञ्चालनमा रहेको स्थानीयवासी कविता भण्डारीले बताउनुभयो । “काठमाडौँको काँठ क्षेत्र बङ्गुर र सुँगुर फार्मबाट आउने दुर्गन्धले बसिनसक्नुभएको छ, मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता जन्तुका फोहरले नयाँ–नयाँ रोगसमेत भित्रिने जानकारी सरकारी निकायबाट आइरहेका बेला यस्ता जन्तुलाई कहाँ पाल्न दिने वा नदिने भन्ने उपयुक्त व्यवस्था हुन आवश्यक छ,” उहाँले भन्नुभयो ।

गोकर्णदेखि सुन्दरीजलसम्मको आठ किमि क्षेत्रमा ढलसमेत नबिच्छ्याइएकाले तल्लो भेगको नदी सफा हुँदै जाँदा मुहान क्षेत्र फोहर हुने सम्भावना देखिन थालेको राष्ट्रिय सहिद पार्क का अध्यक्ष सुदर्शन सिग्देल बताउनुहुन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान नजाने हो भने मुहानमै बाग्मती ढलमतिमा परिणत हुनसक्ने चिन्ता बढेर गएको छ ।

सरकारका मुख्यसचिव पौडेल यस्ता फार्मलाई हटाउन सम्बन्धित निकायलाई परिचालन गरिने बताउनुहुन्छ । विसं २०७४ असार मसान्तसम्म बाग्मतीको दुबैतिर सुन्दरीजलदेखि चोभारसम्म २८ किमिको दूरीमा ढल बिच्छ्याइसक्ने योजनामा सरकार लागिपरेको उहाँ बताउनुहुन्छ । “विसं २०७५ को असार मसान्तसम्म उपत्यकामा रहेका बाग्मतीका सबै सहायक नदीका दुवै किनारमा समेत ढल बिच्छ्याई नदीमा शुद्ध पानी बगाउने लक्ष्य राखिएको छ,” उहाँले भन्नुभयो ।

यसरी चलाइएका फार्म कु नै सरकारी निकायमा दर्तासमेत नभएको स्वयम् राईस्वीकार्नुहुन्छ । उपत्यकाकै ग्रामीण भेगमा कसैको ध्यान नजाने भएकाले कहीँदर्ता नगरी चलाइएको व्यवसायीहरु बताउँछन् ।

सुन्दरीजलदेखि गुह्येश्वरीको १३किमि दूरीमा रहेका फोहरी प्रवृत्तिका यी चौपाया पालन गर्ने फार्मलाई हटाउन सकिए यस क्षेत्रबाट बाग्मती पूर्णरुपमा शुद्ध हुने र यसबाट गुह्येश्वरीभन्दा मुनिको बाग्मतीलाईसफाइ गर्न पनि थप सहयोग पुग्ने ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ अभियानका संयोजक बटुककृ ष्ण ढुङ्गेलले बताउनुभयो ।

सुँगुर र बङ्गुर फार्ममात्र होइन यस क्षेत्रमा रहेका अस्पतालका फोहरसमेत सिधै बाग्मतीमा हालिँदा उपत्यकाको सांस्कृ तिक सभ्यताका रुपमा रहेको नदी कु रुप बन्न पुगेको जया क्याम्पसका संस्थापक जगन्नाथ देवकोटा बताउनुहुन्छ । “यस क्षेत्रमा नाम कमाउन सफल नेपाल मेडिकल कलेजको फोहर सिधै हाम्रो कलेज अगाडिको बाग्मतीमा ल्याएर हालिएको छ, प्रायः यसमा रातो झोल र सिरिञ्ज पनि आएको देखिन्छ, बाग्मती १०० हप्तासम्म सफाइ गर्दा पनि यसतर्फ कसैको ध्यान नजानु दुःखद हो”, उहाँले भन्नुभयो ।

यस क्षेत्रका नेपाल मेडिकल कलेज अत्तरखेल, अर्थोपेडिक अस्पताल नारायणटार र शङ्करापुर अस्पताल नारायणटारको ढल प्रशोधन नै नगरी सिधै बाग्मतीमा हालिएको स्थानीयवासी श्याम ढुङ्गाना बताउनुहुन्छ । समितिका अध्यक्ष रेग्मी अस्पतालका प्रतिनिधिलाई कार्यालयमा बोलाएर फोहर अस्पतालमै व्यवस्थापन गर्न निर्देशन दिइसकिएकाले अझै पनि कु नै अस्पतालले फालेको पाइएकानुनी कारबाही गरिने बताउनुहुन्छ ।

नेपाल मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ अस्पतालको ढल अरुले नै बाग्मतीमा मिसाएको हुनसक्ने दाबी गर्नुहुन्छ । “समितिबाट २०७१वैशाख २३मा अनुगमन हुँदा दिइएका निर्देशनअनुरुपका काम गरी २०७१असोज २ गतेमा प्रतिवेदनसमेत बुझाएका छौँ, हाम्रातर्फ बाट गर्नुपर्ने फोहर व्यवस्थापनका सबै काम गरेका छौँ,” उहाँले भन्नुभयो ।

समितिको आयोजना प्रमुखका रुपमा कार्य गरिसक्नुभएका सहरी विकास मन्त्रालयका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रामचन्द्र देवकोटा बाग्मतीको माथिल्लो भागमा बङ्गुर र सुँगुर पालन एवम् स्थानीय अस्पतालले नदीमै ढल मिसाउने समस्या लामो समयदेखि रहेकाले समाधानका लागि ठोस कार्यक्रम ल्याउन आवश्यक भएको बताउनुहुन्छ । “यो समस्या सुरुदेखि नै छ, यसको समाधानका लागि माथिल्लो तहबाट ठोस कार्यक्रम ल्याउन आवश्यक छ, टालटुले कार्यक्रमले हुँदैन,” उहाँले भन्नुभयो । रासस

0 comments

प्रतिक्रिया दिनुश

Facebook