हाम्रो समय

रौतहट आन्दोलनमा फोरम नेपालको एकवद्धता, गृहमन्त्रीको राजिनामा मांग



वीरगंज, २१ चैत । सेवा केन्द्र विस्तारको विरोधमा रौतहटमा जारी आन्दोलनमा मधेसी जनअधिकार फोरम नेपाल पर्साले ऐक्यबद्धता र समर्थन जनाएको छ । पर्सा जिल्ला अध्यक्ष  प्रदीप यादवले आज एक विज्ञप्ति जारी गर्दै संघीयताको पूर्वसन्ध्यामा सेवा केन्द्रको नाममा मधेश मात्रमा त्यहाँका ऐतिहासिक शहरहरुलाई उजार बनाउने नेपाल सरकारले सुनियोजित रुपमा षड्यन्त्र गर्दै आइरहेको आरोप लगाएका छन् । यादवले “नेपाली जनताको उत्कट इच्छा अनरुप सहमतिको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्नुको साटो गलत नियत र षड्यन्त्रपूर्ण ढंगले सेवा केन्द्र स्थापनाको नाममा स्थानीय स्तरमा आतंक र विवादको सृजना समेत गराउने यस सरकारी दुष्कर्मको फोरम नेपाल पर्सा घोर निन्दा र भत्र्सना गर्दछ । मधेसमा बसोवास गर्ने पहाडी र मधेसी समुदाय वीच दंगा गराउने एवं दुई समुदाय वीचको आपसी भाईचारा बिग्राने सरकारले चलखेल गरिरहेको बताए । गृहमन्त्रीको आदेश अनुरुप रौतहट प्रसासनले त्याहाँ शान्तिपुर्ण आन्दोलनकार िमाथी गोली प्रहार एवं आंशु ग्यास प्रहार गरेको थियो । आन्दोलनका मागहरुलाई नेपाल सरकारद्वारा अविलम्ब सम्बोधन गरी आन्दोलनमा आफना ज्यान गुमाएका  रौतहट निवासी रामअषिश ठाकुरको हत्यारालार्य अबिलम्ब कारवाहीको मांग गरेको छ । मृत्क ठाकुरलाई शहिद घोषना, उचित क्षतिपुर्ति लगायत आन्दोलनमा गम्भिर घाइते भएका रौतहट निवासी रणबिर कुमार सिंह र बिद्यानन्द यादवको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोरनुपर्ने  फोरम नेपाल पर्साले मांग गरेको छ । घटना पूर्णरुपमा गृहमन्त्रीको ठारो आदेशमा गराइएको फोरम नेपालको ठहर रहेको छ भने नैतिकताको आधारमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने फोरमले मांग गरेको छ । शान्तिपूर्ण आन्दोलनमाथि अन्धाधुन लाठी प्रहार गरी दर्जनौ प्रदर्शनकारीलाई मरन्नासन अवस्थामा पुरयाएको यस सरकारी दमन प्रति फोरम नेपाल पर्साले घोर भत्र्सना गर्दै माग सम्बोधन गर्नेतर्फ गम्भिर हुन सरकारसँग माग गरेको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook