हाम्रो समय

आमा' को स्कुटरलाई बन्दकर्ताले सडकमा लडाइदिएपछि...




२०७१ चैत्र २४ मंगलवार


फोटो :दिनेशविक्रम शाह ( बन्दकर्ताले आमाको स्कुटर लडाइदिएपछि रुदै बालक। )
काठमाडौं : महाराजगञ्जबाट चावहिलतर्फ एकजना महिला स्कुटरमा विस्तारै अघि बढ्दै थिइन्।  चावहिल चोकमा पुग्दा बन्दकर्ताले उनलाई घेरे, दुईजना बच्चा बोकेको स्कूटरलाई तोडफोड गर्न थालेपछि स्कुट नियन्त्रण गुमाए सडकमा लड्यो।

आमासँगै छोरा र छोरी सडकमा पछारिए। आमालाई सामान्य चोट लाग्यो, छोराछोरी के भयो मम्मी भन्दै  रुन थाले। रमितेहरुको भीड लाग्यो । प्रहरी आएर आमा र छोराछोरीलाई उद्धा गर्‍यो। बा५४ प ९३६ रातो रंगको प्लेजर स्कुटरमा सामान्य क्षति पुगेको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook