करेन्ट लागेर चार जनाको मृत्यु
04 Apr 2015 | 11:49am
२१ चैत्र, २०७१
जनपुर- जनकपुरको पुल्चोकमा निर्माणधीन घरको सेफ्टी ट्याङ्क बनाउने क्रममा चार जनाको करेन्ट लागेर ज्यान गएको छ। जमिनमुनि रहेको उक्त निर्माणधीन ट्याङ्कको सेटिङ खोल्न जाँदा तीन मजुरसहित चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनुषा बेंगाशिवपुर-१, का २६ वर्षीय सुनिला दास, सोही ठाउँका २६ वर्षीय मिलन मण्डल खत्बे र बेंगाशिवपुर-३, का ३० वर्षीय श्याम मुखिया छन्। अरुण शाहको भने अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook